Monthly Archives: अगस्ट 2018

एसिया कप छनोट : युएईसँग नेपाल ७८ रनले पराजित


काठमाडौँ : एसिया कप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत भएको आफ्नो दोस्रो खेलमा नेपाल युएईसँग ७८ रनले पराजित भएको छ । युएईले दिएको २५५ रनको लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङ गरेको नेपाल १७६ रनमै समेटिएपछि फराकिलो हार भोग्न बाध्य भएको हो ।पहिलो खेलमा सिंगापुरलाई हराएर उत्साहित युएईले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २५४ रन बनाएपछि पाएको २५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोली सुरुमै लड्खडाएर हार भोग्न बाध्य भयो । पढ्नेक्रम जारी राख्नुहोस्

युएर्इविरूद्ध दबाब बढाउँदै नेपाल, वसन्त र सन्दीपले लिए २-२ विकेट


काठमाडौँः एसिया कप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत युएईविरुद्धको खेलमा नेपाललाई चौथो सफलता मिलेको छ । मलेसियाको क्वालालाम्पुरमा बिहीबार बिहान भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङको निम्तो पाएको युएईको चौथो विकेट सन्दीप लामिछानेले लिएका हुन् । उनले १२ बलमा ३ रन बनाएको अवस्थामा युएर्इका शाहीमान अनवरलार्इ कप्तान पारस खड्कामार्फत् क्याच गराउँदै पेभेलियन फर्काएका हुन् । यसअघि वसन्त रेग्मीले तेस्रो विकेट लिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

बिम्स्टेक सम्मेलन आजदेखि : ओलीले २२ मिनेट, मोदीले १५ मिनेट बोल्ने


काठमाडौं, १४ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा अध्यक्षता गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले २२ मिनेट सम्बोधन गर्ने भएका छन् । दिउँसो २ बजेदेखि सोल्टी होटलमा सुरु हुने सम्मेलनमा ओलीले आर्थिक सम्भावना, उर्जालगायत बिम्स्टेक सदस्य मुलुकका प्रयास र सम्भावनाका विषयमा बोल्नेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतका लागि नेपाली राजदुत हमाल इराकको गैरआवासीय नेपाली राजदूतमा नियुक्त


कुवेत, अगष्ट २८– कुवेतका लागि नेपाली राजदुत यज्ञ बहादुर हमाल इराकको गैरआवासीय नेपाली राजदूतमा नियुक्त भएका छन् ।लामो समय देखि प्रक्रियामै रहेका राजदुतद्वय यज्ञ बहादुर हमाल र झविन्द्र प्रसाद अर्याललाई आवासी र गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरिएको हो । सरकारको सिफारिसमा हमाल र अर्याललाई आवासी र गैरआवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयद्वारा यज्ञ बहादुर हमाललाई कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय राजदूतका लागि नियुक्त गरिएको हो भने झविन्द्र प्रसाद अर्याल ईजिप्टका लागि आवासीय र अल्जेरियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एसियाकप छनोट : नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य


काठमाडौं : ओमानसँग एसियाकप छनोटको पहिलो खेलिरहेको नेपालले ओमानलाई २२२ रनको विजय लक्ष्य दिएको छ । एसीसीको आयोजनामा मलेसिया क्वालालम्पुरको बायोमास रंगशालामा जारी खेलमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो ।पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२१ रन बनायो । पढ्नेक्रम जारी राख्नुहोस्

घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु


ललितबहादुर बुढा/ गोपाल शर्मा
सुर्खेत : सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका–४ सेतोगुराँसका रामसिंह कामीको घर भत्किँदा ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४० वर्षीय रामसिंह कामी, उनकी श्रीमती ३५ वर्षीया रामकला कामी, उनीहरुका ४ वर्षका छोरा रूपलाल रहेका छन् । त्यसैगरी छोरिहरू ६ वर्षीया प्रमिला र ७ वर्षीया गंगाको पनि मृत्यु भएको सल्यान प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् । ११ वर्षीया छोरी सुनिता घाइते भएकी छिन। कामीको परिवार सुतिरहेको बेलामा घरको माथिल्लो तलाको दलिन भाँचिएको र पर्खालसमेत भत्किएपछि उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगतै डीएसपी शाहीसहितको प्रहरी टोली घटनास्थलतर्फ लागेको छ । पढ्नेक्रम जारी राख्नुहोस्