Monthly Archives: जुलाई 2018

रसुवामा भीषण पहिरो : चारको मृत्यु, पाँच बेपत्ता


देवचन्द्र भट्ट
रसुवा : रसुवा जिल्लाको गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा गएराति भीषण पहिरो गएको छ । पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएको रसुवा जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष तामाङले जानकारी दिए । मृत्यु हुनेमा चारै जना कन्टेनर चालक रहेका छन् । सिन्धुपाल्चोक भोटेकोशी– ५ का ४२ वर्षीय श्याम श्रेष्ठ, ४५ वर्षीय मंगल तामाङ, २७ वर्षीय विक्रम श्रेष्ठ, भोटेकोशी–४ का ३७ वर्षीय रेमश खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

यस कारण पाएनन् दुर्गा प्रसाइँले राजदूत पद ! त्यसपछि छात्रामाथि…


काठमाडौं, १० साउन । झापाको वि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँले एमबीबीएस पढ्न बंगलादेश पुग्ने नेपाली छात्राहरुलाई प्रोफेसरहरुले करणी गरेर राख्ने गरेको गम्भीर आरोप लगाएपछि उनीमाथि कारबाही गर्न चौतर्फी माग बढेको छ । प्रसाइँलाई नै मद्दत पुग्ने गरी कानूनमन्त्री शेरबहादुर तामाङले सोहीखालको अभिव्यक्ति दिंदा उनले मन्त्री पदबाटै राजीनामा दिनु प-यो । प्रसाइँलाई सरकारले कारबाही नगरे उनको मुख नै सिलाइदिने चेतावनी बंगलादेशमा रहेका नेपाली छात्राहरुले दिइसकेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

वार्ता अनिश्चित: ‘सरकारले हलो अड्कायो’


भगवती तिमल्सिना
सरकार र डा.गोविन्द केसीका प्रतिनिधिबीच बुधबार भएको बार्ता बिधेयक संशोधनको बिषयमा कुरा नमिल्दा विना निष्कर्ष टुंगिएको छ ।
सरकारी वार्ता टोलीका प्रतिनिधि डा.गुणराज लोहनीले विधेयक सशोधनको विषय यही साउन ११ गते बस्ने मन्त्रिपरिषद्को बैठकले टुंगो लगाउने आफूहरूको भनाइप्रति डा.केसीका प्रतिनिधिहरुले चित्त नबुझाएपछि अर्को वार्ताको समेत टुंगो नलागेको दावी गर्नुभयो । डा.केसीका तर्फबाट वार्ताटोलीका संयोजक डा.अभिषेक राज सिंहले सूचिबमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिबद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी गराउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली कथानक चलचित्र ‘बोबी’कुवेतमा प्रदर्शन हुँदै


कुबेत नेपालडटकम

नेपाली कथानक चलचित्र ‘बोबी’द रियल लभ स्टोरी कुवेतमा प्रदर्शन गरिने भएको छ। नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरुको निम्ती उक्त चलचित्र यही आगामी अगस्ट १० तारिक शुक्रबार कुबेत को AL RAI, AVENUES MALLदिउसोको ठीक १:३० बजे बाट ४ बजे सम्म प्रदर्शन हुने भएको छ। भने दोस्रो सो कुबेत को फाहिल स्थित (अजीअल मल) मा दिनको ठीक ३: ३० बजे बाट बेलुकी ६:३० बजे सम्मा प्रदर्शन जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

पाकिस्तानमा अाम निर्वाचन हुँदै , कसकाे पक्षमा अाउला नतिजा ?


इस्लामावाद – पाकिस्तानमा आज (बुधबार) आम निर्वाचन हुँदैछ । संसदको तल्लो सदन नेशनल एसेम्बलीका २७२ सीट र चार वटा प्रदेश सभाका लागि निर्वाचन हुन लागेकाे हाे। आतंकवाद, भ्रष्टाचार र सैनिक हस्तक्षेपका कारण कमजोर हुन पुगेकाे पाकिस्तानी लोकतन्त्रमा आज हुने निर्वाचनमा कसकाे पक्षमा नतिजा अाउला भन्ने विषय विश्वकाे लागि एक चासाे बनेकाे छ। निर्वाचनमा प्रमुख रूपमा दिवंगत बेनेजीर भुट्टोका छोरा बिलाबल भुट्टोले नेतृत्व गरेको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) , पूर्व क्रिकेटर इमरान खानको पाकिस्तान तेहरीक ए इन्साफ र पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लीगबीच तीब्र प्रतिस्पर्धा हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

मन्त्रीभन्दा शक्तिशाली हुन् ‘दुर्गा प्रसाइँ’ ?


अनुज न्यौपाने

‘उच्च नैतिकता प्रदर्शन गर्दै’ पदबाट राजीनामा दिएका निबर्तमान कानूनमन्त्री शेरबहादुर तामाङ अहिले निकै चर्चामा छन । मेडिकल कलेजको सम्बन्धन खोजिरहेका कुनै विवादित व्यवसायी दुर्गा प्रसाइँको विवादास्पद बोली टपक्क टिपेर ओली सरकारका मन्त्री तामाङले कतै बोलिदिएछन् पढ्नेक्रम जारी राख्नुहोस्

डा.केसीका माग’bout बालुवाटारमा छलफल हुँदै


काठमाडौं । आमरण अनसनरत डा गोविन्द केसीका मागका विषयमा प्रधानमन्त्री केपी ओलीसहितको टिमबीच वार्ता हुने भएको छ ।
नेकपाका नेता सुवासचन्द्र नेम्वाङ तथा डा.केसीको तर्फबाट वार्ता टोलीमा रहेका सदस्यहरू अहिले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् । वार्तामा सकेसम्म आजै कुरा मिलाएर डा.केसीको अनशन तोडाउने तयारी भएको स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गायक बिबि मल्ल  ठकुरी गृहजिल्लामा एम्बुलेन्स सहयोग अभियानमा जुटे, एकल साँझ गर्दै


कुबेत नेपालडटकम

कुवेत, जुलाई २४- लोक गितको खानी भनेर स्याङ्जा जिल्ला लाई चिनिन्छ भन्दा दुई मत नहोला। साँच्चै स्याङ्जा जिल्लामा लोक गितका अनगिन्ती हस्तीहरु जन्मेका छन् । जस मध्य बि बि मल्ल ठकुरी पनि एक हुन् । पढ्नेक्रम जारी राख्नुहोस्