Daily Archives: 31/07/2018

‘मेरो व्यवहार बनावटी थियो ? हो, म कहिलेकाहीँ त्यस्तो गर्छु’


एजेन्सी
लन्डन : रुस विश्वकपका क्रममा मैदानमा अनावश्यक रूपमा लडेर नाटक गरेको भन्दै आलोचना खेपेका ब्राजिलियन स्ट्राइकर नेमारले पहिलोपटक आफूले गल्ती गरेको स्वीकारेका छन् । उनले आफ्नो प्रायोजकको विज्ञापनको सहायता लिँदै विश्वकपमा आफूले गरेको केही व्यवहार बनावटी रहेको बताएका हुन् । आइतबारबाट ब्राजिलका अधिकांश टेलिभिजन च्यानलहरूमा प्रसारित सो विज्ञापनमा नेमारले आगामी प्रतियोगितामा त्यस्तो व्यवहार नहुनेसमेत बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

५० लाख नेपाली किन विदेशिए ?


प्रवासी नेपालीको गुनासो– समस्या सुनियो, समाधान गरिएन
बसन्त रानाभाट
१५ साउन, बार्सिलोना । विभिन्न कारणले ५० लाख नेपालीहरु विदेशिनु परेको छ । यही मेसोमा यूरोपेली मुलुक लम्जम्बर्गको हिल्टन होटलमा बसेर गैरआवासीय नेपालीहरुले नेपाल सरकारका मन्त्री, राजनीतिक दलका नेता र सांसदहरु माझ विदेशिनुको पीडा र आफ्ना समस्याका फेहरिस्थ प्रस्तुत गरे । लाखौं नेपालीहरु विदेशिनु पर्नाको बाध्यता’bout चर्को बहस भयो । कतिपयले अवसरको खोजीमा माइग्रेसन हुनुलाई स्वाभाविक ढंगले व्याख्या गरे । तर, विदेश पुग्ने क्रममा हुने मानव तस्करीका घटना, दुव्र्यवहार लगायत अमानवीय घटनाहरु रोक्न राज्य सचेत हुनुपर्नेमा सबैको जोड रह्यो । पढ्नेक्रम जारी राख्नुहोस्

सरकारविरुद्ध कांग्रेसले आज राजधानीसहित देशभरि प्रदर्शन गर्दै


काठमाडौं, १५ साउन । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आज देशभरि सरकारको विरुद्धमा प्रदर्शन गर्दैछ । कांग्रेसले वर्तमान सरकार अधिनायकवादी बन्दै गएको, महंगी बढेको, भ्रष्टाचार मौलाएकोसहितका आरोप लगाउँदै सबै जिल्लामा प्रदर्शन गर्न लागेको हो । ठमाडौंमा दिउँसो साढे दुई बजे प्रदर्शन गर्ने तयारी रहेको नेपाली कांग्रेसले जनाएको छ । रत्नपार्कमा कांग्रेसले प्रदर्शन गर्न लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्