रसुवामा भीषण पहिरो : चारको मृत्यु, पाँच बेपत्ता


देवचन्द्र भट्ट
रसुवा : रसुवा जिल्लाको गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा गएराति भीषण पहिरो गएको छ । पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएको रसुवा जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष तामाङले जानकारी दिए । मृत्यु हुनेमा चारै जना कन्टेनर चालक रहेका छन् । सिन्धुपाल्चोक भोटेकोशी– ५ का ४२ वर्षीय श्याम श्रेष्ठ, ४५ वर्षीय मंगल तामाङ, २७ वर्षीय विक्रम श्रेष्ठ, भोटेकोशी–४ का ३७ वर्षीय रेमश खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल चीन सीमाना नजिक टिमुरेमा मध्यराति १२ बजे पूर्वी मोहडाबाट खसेको भीषण पहिरोले तीन घर पुरेको तामाङले जानकारी दिए । तामाङका अनुसार अहिले उक्त क्षेत्रमा उद्वार कार्य जारी रहेको छ । स्थानीयवासी, प्रहरीले उद्वार गरिरहेका छन् । पहिरोबाट १२ जनाको उद्वार गरिएको छ।

सीमाना नजिकै पहिरो आएकाले पाँचवटा ट्रक, कन्टेनरसमेत पुरिएको प्रहरी प्रमुख तामाङले बताए । (अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )