यस कारण पाएनन् दुर्गा प्रसाइँले राजदूत पद ! त्यसपछि छात्रामाथि…


काठमाडौं, १० साउन । झापाको वि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँले एमबीबीएस पढ्न बंगलादेश पुग्ने नेपाली छात्राहरुलाई प्रोफेसरहरुले करणी गरेर राख्ने गरेको गम्भीर आरोप लगाएपछि उनीमाथि कारबाही गर्न चौतर्फी माग बढेको छ । प्रसाइँलाई नै मद्दत पुग्ने गरी कानूनमन्त्री शेरबहादुर तामाङले सोहीखालको अभिव्यक्ति दिंदा उनले मन्त्री पदबाटै राजीनामा दिनु प-यो । प्रसाइँलाई सरकारले कारबाही नगरे उनको मुख नै सिलाइदिने चेतावनी बंगलादेशमा रहेका नेपाली छात्राहरुले दिइसकेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

बंगलादेश पढ्न जाने छात्र ५ वर्षमा आउने तर छात्रा भने ९ वर्ष लाग्ने गरेको प्रसाइँले बताएका थिए । प्रसाइँले छात्राहरुमाथि त्यहाँका प्रोफेसरहरुले यौन शोषण गर्ने गरेका कारण उनीहरु ९ वर्षमा आउने गम्भिर आरोप लगाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मार्सी चामलको भात खुवाएर सामाजिक सञ्जालमा चर्चा र बद्नामी दुबै कमाइरहेका प्रसाइँले बंगलादेशका शिक्षण संस्था र प्रोफेसरहरुमाथि त्यस्तो गम्भिर आरोप लगाउनुको रहस्य भने अर्कै रहेछ ।

आठ कक्षा समेत उत्तीर्ण नगरेका प्रसाइँको लक्ष्य बंगलादेशका लागि नेपालको अबैतनिक राजदूत बन्ने थियो । त्यसका लागि उनले धेरै दौडधुप पनि गरेका थिए ।

तर, बंगलादेश सरकारले उनलाई ठाडै अस्वीकार गरेपछि उनी बंगलादेशविरुद्ध खनिएका हुन् । आठ कक्षा उत्तीर्ण नगरेको, बंगलादेश र नेपालबीच आयात–निर्यातको कुनै व्यवसाय नगरेको र विवादास्पद छवि भएका कारण बंगलादेशले प्रसाइँलाई अबैतनिक दूतमा अस्वीकार गरेपछि उनी बंगलादेशसँग रुष्ट बनेका हुन् ।

त्यसकारण बंगलादेशको विरोधमा प्रसाइँको पछिल्लो अभिव्यक्ति आएको उनका एक सहयोगीले बताए । तर, उनले जुन अभिव्यक्ति दिए, त्यसले बंगलादेशलाई कुनै असर गरेन । अन्ततः उनी आप्mनै बोलीका कारण फन्दामा परेका छन् ।(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )