Daily Archives: 26/07/2018

रसुवामा भीषण पहिरो : चारको मृत्यु, पाँच बेपत्ता


देवचन्द्र भट्ट
रसुवा : रसुवा जिल्लाको गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा गएराति भीषण पहिरो गएको छ । पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएको रसुवा जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष तामाङले जानकारी दिए । मृत्यु हुनेमा चारै जना कन्टेनर चालक रहेका छन् । सिन्धुपाल्चोक भोटेकोशी– ५ का ४२ वर्षीय श्याम श्रेष्ठ, ४५ वर्षीय मंगल तामाङ, २७ वर्षीय विक्रम श्रेष्ठ, भोटेकोशी–४ का ३७ वर्षीय रेमश खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

यस कारण पाएनन् दुर्गा प्रसाइँले राजदूत पद ! त्यसपछि छात्रामाथि…


काठमाडौं, १० साउन । झापाको वि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँले एमबीबीएस पढ्न बंगलादेश पुग्ने नेपाली छात्राहरुलाई प्रोफेसरहरुले करणी गरेर राख्ने गरेको गम्भीर आरोप लगाएपछि उनीमाथि कारबाही गर्न चौतर्फी माग बढेको छ । प्रसाइँलाई नै मद्दत पुग्ने गरी कानूनमन्त्री शेरबहादुर तामाङले सोहीखालको अभिव्यक्ति दिंदा उनले मन्त्री पदबाटै राजीनामा दिनु प-यो । प्रसाइँलाई सरकारले कारबाही नगरे उनको मुख नै सिलाइदिने चेतावनी बंगलादेशमा रहेका नेपाली छात्राहरुले दिइसकेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

वार्ता अनिश्चित: ‘सरकारले हलो अड्कायो’


भगवती तिमल्सिना
सरकार र डा.गोविन्द केसीका प्रतिनिधिबीच बुधबार भएको बार्ता बिधेयक संशोधनको बिषयमा कुरा नमिल्दा विना निष्कर्ष टुंगिएको छ ।
सरकारी वार्ता टोलीका प्रतिनिधि डा.गुणराज लोहनीले विधेयक सशोधनको विषय यही साउन ११ गते बस्ने मन्त्रिपरिषद्को बैठकले टुंगो लगाउने आफूहरूको भनाइप्रति डा.केसीका प्रतिनिधिहरुले चित्त नबुझाएपछि अर्को वार्ताको समेत टुंगो नलागेको दावी गर्नुभयो । डा.केसीका तर्फबाट वार्ताटोलीका संयोजक डा.अभिषेक राज सिंहले सूचिबमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिबद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी गराउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली कथानक चलचित्र ‘बोबी’कुवेतमा प्रदर्शन हुँदै


कुबेत नेपालडटकम

नेपाली कथानक चलचित्र ‘बोबी’द रियल लभ स्टोरी कुवेतमा प्रदर्शन गरिने भएको छ। नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरुको निम्ती उक्त चलचित्र यही आगामी अगस्ट १० तारिक शुक्रबार कुबेत को AL RAI, AVENUES MALLदिउसोको ठीक १:३० बजे बाट ४ बजे सम्म प्रदर्शन हुने भएको छ। भने दोस्रो सो कुबेत को फाहिल स्थित (अजीअल मल) मा दिनको ठीक ३: ३० बजे बाट बेलुकी ६:३० बजे सम्मा प्रदर्शन जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्