गायक बिबि मल्ल  ठकुरी गृहजिल्लामा एम्बुलेन्स सहयोग अभियानमा जुटे, एकल साँझ गर्दै


कुबेत नेपालडटकम

कुवेत, जुलाई २४- लोक गितको खानी भनेर स्याङ्जा जिल्ला लाई चिनिन्छ भन्दा दुई मत नहोला। साँच्चै स्याङ्जा जिल्लामा लोक गितका अनगिन्ती हस्तीहरु जन्मेका छन् । जस मध्य बि बि मल्ल ठकुरी पनि एक हुन् ।

विक्रम संम्वत २०३९ साल स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका वडा नंम्बर ४ मा जन्मेका बि बि मल्ल ठकुरी सानै देखि संगितमा रुचि गर्दथे। विद्यालय र गाउँ घरमा हुने कार्यक्रममा सधै अग्रसर हुने बि बि मल्ल ठकुरीको सांगीतिक यात्रा भने विक्रम संम्वत २०६५ साल देखि शुरु भएको हो। विगत एक दशक देखि कुवेतलाई आफ्नो कर्मथलो बनाउदै आएका ठकुरीले कुवेतमा छुट्टै आफ्नो पहिचान बनाउन सफल भै सकेका छन् । आफ्नो डियूटीको व्यस्त संगसंगै पनि सामाजिक कार्य साथै संगितलाई हातेमालो गदै अगाडी बढ्न सफल भएका छन् ।

आफुलाई लोक पप गायक भन्न रुचाउने बि बि मल्ल ठकुरी एक सामाजिक अभियन्ता पनि हुन। लाली गुराँस साँस्कृतिक परिवार नेपाल कुवेतका संरक्षक, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतका संरक्षक, दर्शन ठकुरी समाज कुवेतका संरक्षक र स्याङ्जा सहयोग समाज कुवेतका संरक्षक पनि हुन् ।

गायक बि बि मल्ल ठकुरीको बाल्यकाल गाँउले परिवेशमा बितेको हुँदा अझै पनि उक्त गाउँ ठाउँ बिकासको पछाडी परेको बताउँछन्।गाउँमा बिमारी हुँदा कतिपय बिमारीहरु समयमा यातायातको सुविधा नहुदा अकालमा नै मृत्युु भएको आफुले प्रत्यक्ष देखेको तितो स्मरणीय गदै केही हदसम्म भए पनि दुखेको घाउमा मलम लगाउनको लागि स्याङ्जा सहयोग समाज कुवेतले चलाएको एम्बुलेन्स आर्थिक सहयोग अभियानमा बि बि मल्ल ठकुरी एकल साँझ कार्यक्रम गरि उक्तबाट उठेको सहयोग आफ्नो गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्न लागेको र अहिलेसम्म देश विदेशबाट सहयोगको बचन दिएको उनी बताउँछन् ।

मल्ले एम्बुलेन्स आर्थिक सहयोग अभियानमा आर्थिक जुटाउन आउदो अक्टोबर महिनाको १२ तारिख एकल साँझ सांगीतिक कार्यक्रम गर्दैछन | फर्वानियाको युनिक आडिटोरियम हलमा दिनको १ बजेदेखि कार्यक्रम गरेर सहयोग संकलन गर्ने बताएका छन् |

सहयोगी दाताहरुलाई धन्यवाद दिदै कुवेतमा रहनु भएका विभिन्न संघ, संस्था र समाजका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कलाकार र खेलाडी साथीहरुलाई उक्त कार्यक्रममा पाल्नु भै कार्यक्रम सभ्य र भव्य रुपमा सफल बनाउन हुन समेत अनुरोध गरेका छन।

कार्यक्रम ’bout थप जानकारी

मिति:- अक्टोबर १२ तारिख शुक्रबार

स्थान:- फर्वानियाको युनिक आडिटोरियम हल(अल हाइटम हलको सिधा पछाडी)

समय:- दिनको ठिक १ बजे

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )