नुवाकोट धादिङ रसुवा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा राकेश मनाङथेन तामाङ।


कुबेत नेपालडटकम

२१ जुलाई कुबेत “आपसी एकता हाम्रो उदेश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नारा बोकेर स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतको प्रथम अधिवेशन होजोशुक्रबार कुवेतको खैतान स्थित राजधानी होटेलमा सम्पन्न भएको छ ।

रोजगारिको शिलशिलामा कुवेतमा रहेका सम्पूर्ण नुवाकोट धादिङ रसुवा समाज दाजुभाइ-दिदिबहिनीहरुलाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन सफल गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य रहेको छ।

कार्यक्रम लाई जय नारायण थारु र मैसिंग तमाङ  ले संयुक्तरुप मा सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष्य,संयोजक राकेश मनाङथेन तामाङ को सभापतित्व रहेको थियो। कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतवास कुवेतबाट पाल्नु भएका श्रम सहाचारि ज्ञानेंद्र शर्मा रहेका थिए। भने कुबेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो |

सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि र केक काटेर कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो भने समाजका सदस्या छिरिङ लामा ले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए । अधिबेसनमा प्रमुख अतिथि श्रम सहाचारि ज्ञानेंद्र शर्मा,जनजाति महासंघ कुवेतका महासचिब अमृत लोप्चन, अन्तराष्ट्रिय नेपाली समाज कुवेतका अध्यक्ष निर्मल कुमार स्याङतान, तितोपाटी डटकमका कार्यकरी सम्पादक नारायण पोखरेल, सृजनशिल युवा समाज कुबेतका अध्यक्ष पुष्कर सिंग धामि ,नेपालि प्रवासी ट्याक्सी ब्यवसायी संघ कुवेतका अध्यक्ष सुनबहादुर तामाङ लगायतका विभिन्न संघसस्थाको ब्यक्तित्वहरुले शुभ कामाना मन्तब्य दिएका थिए | भने कुवेतबाट सन्चालित अन्लाइन मेडियाहरुलाई प्रमाण-पत्रद्वारा सम्मान गरेका थिए ।

कार्यक्रमलाई थप मनोरन्जन दिलाउन कुबेत को स्थानिया कलाकार हरु लोकदोहोरी तथा मेन्दोमाया गायक विश्वपासा तामाङ, आर्यन तामाङ, डोल्मा तामाङ, सुमिना लोप्चन, निमा लामा,लगयात को जोडदार प्रस्तुति पस्किएर उपस्थित पाहुना दर्सक हरु सबैलाई भरपूर्ण मनोरंजन दिन सफल भएका थिए। आन्तम उक्त कार्यक्रममा समाजको निमन्त्रणा लाई स्वइकार्दै पाल्नु भएका बिभिन्न संघ-संस्थाका प्रतिनिधि बुद्धीजीवी नेपाली दाजु भाई तथा दिदी बहिनी हरू सहयोगीहरु लाई धन्यवाद आभार प्रकट गर्दै अध्यक्ष राकेश मनाङथेन तामाङ। ले कार्यक्रम समापनको घोषणा गरेका थीए।

राकेश मनाङथेनको अध्यक्षतमा ७० जनाको नयाँ कार्य समिति सर्वसम्मत गठन गरेको छ । जसमा प्रथम उपाध्यक्ष नुवाकोटका छिरीङ तामाङ, महिला उपाध्यक्ष रसुवाका सुमिना लोप्चन तामाङ, बरिष्ठ उपाध्यक्ष धादिङका इमान तामाङ, नुवाकोटका विश्व पासा तामाङ रसुवाका प्रशान्त तामाङ, महासचिब सचिव धादिङका अविनास तामाङ, सचिब नुवाकोटका जिवन तामाङ, सहसचिव रसुवाका निमा घले, कोषाध्यक्ष धादिङका कार्लो तामाङ, सहकोषाध्यक्ष नुवाकोटका मिङमा तामाङ, प्रबक्ता नुवाकोटका मैसीङ तामाङ र सहप्रबक्ता सुर्य बहादुर तामाङ रहनु भएका छन ।

त्यस्तै सदस्यहरुमा नुवाकोटका आर्यन तामाङ, गणेश तामाङ र दिपक तामाङ लगायतका सद्स्यहरु रहनु भएका छन् । अधिबेशनले सल्लाहकार समिति, सास्कृतिक विभाग, महिला विभिाग र जिल्ला प्रमुखहरु समेत चयन गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.