विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको आयोजनामा २०५ औँ भानु जयन्ती कार्यक्रम सम्पन्न


सुरेश गुरुङ,कुबेत

प्रबाशमा रहेका नेपालिहरुले आदिकवी भानुभक्त आचार्यको जन्मदिन मनाउने परिपाटी चलिरहेको समयमा कुवेतमा पनि उहाँको सम्झनामा २०४ औँ भानु जयन्ती हिजो कुबेत स्थित जिलिब को पपिन्स हल मा मनाइयो।

विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको आयोजित कार्यक्रम लाई गजलकार प्रेम कटुवाल ले सभापतित्व गरेका थिए। भने नेपाली राजदूतावासका श्रम सहचारी ज्ञानेन्द्र शर्मा को प्रमुख आथित्यता रहेको थियो। भने कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी, पत्रकार र कलाकार साथै नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

२०५ औँ भानु जयन्ति कार्यक्रम लाई संयोजक राजेन्द्र बिरही सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि भानुको तस्वीरमा माला तथा पुष्पगुच्छा अर्पण गरी कार्यक्रम लाई गजलकार अमर खड्काले सन्चालन गरे को थिए भने पत्रकार नैनाकला राइ ले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए।

नेपाली भाषाको माध्यमबाट सम्पुर्ण नेपालीहरुलाई भाषिक मालामा एक सुत्र रुपमा बाधी भावनात्मक एकता निर्माण गरेको योगदानको कदर स्वरुप आदिकवीको रुपमा मानिदै आएको भानुभक्तको २०५ औ जन्मदिनको आयोजित कार्यक्रममा नेपाली राजदूतावासका श्रम सहचारी ज्ञानेन्द्र शर्मा,संयोजक राजेन्द्र बिरही,कार्यक्रम का सभापतित्व प्रेम कटुवाल लगयत ले आदिकवि भानुभक्त आचार्यको चर्चा गर्दै कुवेतमा यस्ता साहित्यिक कार्यक्रमले सबैलाई समेट्न सकिने र यसरी गरिएको कार्यक्रममा वाचन भएका रचनाहरुलाई संकलन गरि साहित्यिक पुस्तक प्रकाशन गर्न सकेमा साहित्य तथा सर्जकलाई अझ हौसला मिल्ने बताउनु भयो ।

उक्त कार्यक्रममा बिबि मल्ल ठकुरी ,मनोज काफ्ले,नैना कलाराइ, प्रसाद तिमल्सिना,प्रबिन आचार्य,जानकी दर्लामी जानू,आकाश शेर्पा”यात्री,मधब असल यत्री,सानु लामा,निरु माया खड्का,हिमाल अन्जन,राजन श्रेष्ठ,धनु माया बिक,पुर्णिमा बुढा मगर ले कवि, गीतकार तथा गजलकारहरूले कविता, गीत, गजल र मुक्तक वाचन गरे।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य, समाज कुबेतका अध्यक्ष मनोज मनसुन काफ्ले आफ्नो कुवेत बसाईलाई बिट मार्दै नेपाल फर्कन लाग्नु भएका मा दोसल्ला ओढाई मायाको चिनो, कदर-पत्र प्रदान गरेर सम्मान पुर्वक बिदाइ गरिएको थिए,

अन्तमा सभापति प्रेम कटुवाल ले शुभकामना व्यक्त गर्दै कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दाजु भाई तथा दिदी बहिनी हरुलाई सबैलाई एकमुष्ठ धन्यवाद दिदै कार्यक्रम समापनको घोषणा गरेका थिए।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )