Daily Archives: 12/07/2018

गोरखा–चीन सडक : सात वर्षमा तीन प्रतिशत प्रगति


शिव उप्रेती
छेकम्पारबाट नल्याङभञ्ज्याङतर्फ निर्माण हुँदै गरेको गोरखा–चीन सडक ।
गोरखा : गोरखादेखि छेकम्पार हुँदै चीनको तिब्बत जोड्ने सडक निर्माण सुरु भएको सात वर्षमा करिब तीन प्रतिशत प्रगति भएको छ । नल्याङभञ्ज्याङ छेकम्पार चुम्चेत सिर्दीबास माछाखोला बारपाक सडक नामको सो सडकका लागि यस वर्ष विनियोजित छ करोड रुपैयाँ मध्ये ४५ प्रतिशत मात्र प्रगति भएको सडक योजना कार्यालयले जनाएको छ । सो सडक निर्माणको काम तीन वटा खण्डमा भइरहेको छ । ‘पाँच करोड रुपैयाँको एउटा कामको ४५ प्रतिशत मात्र प्रगति भएको छ । एक करोडको अर्को प्याकेजको कामको करिब ५५ प्रतिशत काम सम्पन्न भएको छ’, एघारकिलो–छेपेटार–बारपाक सडक योजना कार्यालय प्रमुख अमृतमणि रिमालले भने, ‘बारपाकदेखि माछाखोलासम्मको खण्डमा भने केही प्रगति देखिएको छ ।’ लप्सीबोट माछाखोला जोड्ने काम भने बाँकी रहेको उनले बताए । सो खण्डको बारपाकदेखि लप्सीबोटसम्म ट्रयाक खन्ने काम सम्पन्न भएको उनले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

क्रोएसिया इतिहास रच्दै फाइनलमा


क्रोएसिया दुई घन्टाको प्रतिस्पर्धामा इंग्ल्यान्डलाई २—१ ले हराएर विश्वकपको फाइनलमा । उपाधि होडमा फ्रान्स र क्रोएसिया भिड्ने ।
राजु घिसिङ
मस्को — मारियो मान्जुकिचले अतिरिक्त समयमा गोल गरेपछि क्रोएसिया दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २—१ ले हराएर इतिहास रच्दै पहिलोपल्ट विश्वकपको फाइनलमा प्रवेश गरेको छ । लुज्निकी रंगशालामा सुरुआती अग्रता भने इंग्ल्यान्डले लिएको थियो । किरन ट्रिपरको फ्रि—किक गोलसँगै इंग्ल्यान्डलाई १—० ले अघि बढाएएर ५२ बर्षपछि विश्वकपको फाइनल खेल्ने संभावना बढाएका थिए ।
पेनाल्टी क्षेत्रको ठीक बाहिर प्राप्त फ्रि—किकमा मिडफिल्डर ट्रिपरले मानवीय पर्खाल नघाएर दाँयातर्फ ‘टप कर्नर’मा बललाई जाली चुमाएका थिए। त्यसलाई रोक्ने प्रयास गरेपनि क्रोएसियाका गोलकिपर डानिएल सुबासिचको केही सिप चलेन र ट्रिपरले विश्वकपमा गोलको खात खोले। पढ्नेक्रम जारी राख्नुहोस्

भक्तपुरमा घर भत्किँदा एकै परिवारका ३ को मृत्यु


२८ असार, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिराेले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सुतिरहेको बेला खसेकाे पहिराेले च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्