Daily Archives: 11/07/2018

हार्दिक बधाई तथा शुभकामना !!


कुवेतनेपाल डट कमका बरिष्ट सम्पादक तथा माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतका जगेर्णा कोष संयोजक श्री शिवराम पौडेल र वहाँँकी धर्मपत्नी सिर्जना सुवेदी पौडेललाई दोश्रो सन्तानको रुपमा हिजो १० जुलाई २०१८ का दिन पुत्र लाभ भएकोमा कुवेतनेपाल डट कम तथा सम्पूर्ण क्लव परिवार वहाँहरुलाई धेरै धेरै बधाई तथा शुभकामना दिंदै, नवजात शिशुको दिर्घायु एवं उज्जवल भविष्यको कामना गर्दछौँ ।

कुवेतनेपाल डट कम
तथा माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, परिवार

Advertisements

दुई दर्जन बढी विदेशी पाइलट लिँदै निगम


काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न विदेशी पाइलट करारमा नियुक्त गर्ने घोषणा गरेको छ । सकेसम्म स्वदेशी पाइलट लिने नीति भए पनि केही वर्षसम्म विदेशी पाइलट लिएर उडान सञ्चालन गर्ने निगमको योजना छ। हाल निगममा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ गरी ८८ जना पाइलट कार्यरत छन् । ती पाइलटले २ सय ७४ सिट क्षमतायुक्त एकथान ‘ए३३०–२००’, १ सय ९० सिटे ‘बि७५७–२००’, १ सय ५८ सिटे दुईथान ‘ए३२–२००’, ५८ सिटे दुईथान ‘मोडर्न आर्क–६०’ (एमए–६०), १९ सिटे दुईथान ‘डिएचसी६ ट्विनअटर’ र १७ सिट क्षमतायुक्त चारथान ‘वाई१२–ई’ सिरिजका गरी १२ थान जहाज छन् । आगामी तीन साताभित्र २ सय ७४ सिटे दोस्रो ए३३०–२०० आउँदै छ । पढ्नेक्रम जारी राख्नुहोस्