Daily Archives: 10/07/2018

विश्वकप सेमिफाइनलः फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा


एम्बाप्पे, पवार्ड र हर्नान्डेजमाथि नजर, थोमस मैदान बाहिर
२६ असार, काठमाडौं । विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल मंगलबारबाट सुरु हुँदैछ । पहिलो खेलमा फ्रान्स र बेल्जियम आमने सामने हुनेछन् । यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुने छ । फ्रान्स र बेल्जियम तेस्रो वर्षपछि प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । सन् २०१५ को स्टेड डी फ्रान्समा भएको खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो । फ्रान्स २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यसैगरी बेल्जियम १९८६ पछि पहिलो पटक सेमिफाइनलमा पुग्न सफल भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

डा. केसीको मुटुको चाल अस्थिर


नन्दराज जैसी/ दिनेश गौतम
जुम्ला/काठमाडौं : रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै जाँदा अनशनरत डा. गोविन्द केसीको मुुटुको चालमा गडबडी देखिएको छ। यस्तो अवस्थामा जटिलता थपिंदै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा चिकित्सकहरूले औंल्याएका छन्। डा. केसीको रगतमा चिनीको मात्रा कम हुँदै गएको र उनले ग्लुकोज लिन समेत नमानेकाले अहिले ग्लुकोज नभएका अन्य आइभी फ्लुड दिइएको उपचारमा संलग्न चिकित्सकत्रय प्रवीणकुमार गिरी, धिरज गुरुङ र सिद्धार्थ खातीले सोमबार जनाएका छन्। सेतो रक्तकोषको कमीले गर्दा अहिले संक्रमणबाट बचाउन उनलाई कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठानको स्पेसल केयर युनिटमा राखिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

सुन डन गोरेको ‘घनचक्कर’ नाटक


सुन तस्करी प्रकरणमा झुक्दैछ सरकार
काठमाडौं । साढे ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेको ‘पागलपन’ले सुन तस्करीका ठूला र शक्तिशाली व्यक्तिको संलग्नता पुष्टि हुनबाट जोगिने देखिएको छ । असार मसान्तसम्म समयसीमा रहेको गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेल नेतृत्वको विशेष छानबिन समितिले ठूला माछाको पोल लुकाउनका लागि पनि गोरेको ‘पागलपन’लाई कारक बनाउन सक्ने अनुमान गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्