साकुमा फ्रेन्ड सीप ट्रस’द्वारा विद्यालयलाई सोलार सहयोग


कुबेत नेपालडटकम

‘साकुमा फ्रेन्ड सीप ट्रस’ ले बाराहपोखरी गाँउपालिका वडा न.२ सुन्तालेमा रहेको श्री ज्यू माबिलाई दश थान कम्प्युटर लगातार तीन घण्टा चल्न सक्ने १६ थान चार किलो वार्ड बराबरको सोलर प्यानलको सहयोग गरिएको छ।एलाइन थोमस र जान स्तान्टोन विदेशी नागरिकसँग सहकार्य गर्दै सुन्तले साकुमा निवासि ट्रस संचालक चन्द्र कुमार राईले रोजगारीको शिलशिलामा पराई भूमिमा रहनु हुँने सुन्तले दाजुभाई तथा दिदीबहिनीहरु सँग कम्प्युटर शिक्षाको लागि र अक्षयकोष स्थापना गर्नेको लागि आर्थिक सहयोगको आह्वान समेत गरेका छन् ।

सोलर प्यानल श्री ज्यू माबीलाई उपलब्ध गरि जोडान कार्य सकिएको तर कम्प्युटरको अभाव रहेको र अक्षयकोष स्थापना गरि संकलन भएको सहयोग रकमले केही थान कम्प्युटर खरिद गरि बाँकि रहेको रकमको अक्षयकोष स्थापना गर्ने योजनाका साथ सम्पुर्ण देश बिदेशमा रहनु भएका सुन्तले बासी दाजुभाई तथा दिदीबहिनीहरुसँग हातेमालो गर्दै कम्प्युटर सहयोग तथा अक्षयकोष स्थापनाको लागि आर्थिक संकलन अभियानमा सहयोग गरि हाम्रो श्री ज्यू माबी सुन्तलेको विद्यार्थी भाई बहिनिहरुको कम्प्युटर शिक्षा पढ्ने ईच्छा यहाँहरुले सहयोग गरि पूरा गरि दिनु हुँन्छ होला भन्ने पुर्ण आशाका साथ सहयोगको हार्दिक अनुरोध गर्दछु। संचालक राईले बताए

‘विभिन्न हिसाबले निकै विकट ठाउँमा रहेको बराहपोखरी गाउँपालिका २ सुन्तलेमा २०४९ देखि अहिले २०७५ साल सम्म दुई बिदेशी नागरिकसँग सहकार्य गरेर मैले मेरो गाउँको लागि सहयोगको योजनाहरु पारी रहेको छु। यसमा मैले दु:ख सुखका पाटाहरु धेरै खेपेको छु।त्यो बेला यातायातको सुबिधा थिएन सबै मान्छेले बोलेर लगेर पुर्याउनु पर्थ्यो सामान अहिलेको जस्तो नेट ईन्टरनेट फोनको सुबिधा थिएन एक पटक फ्याक्स गर्नु रु-५०० रुपैया तिर्नु पर्थ्यो अहिलेको जस्तो ईन्जिनियर पैसा तिरेर पनि लान पाईदैन थियो सबै के कति पाईप चाहिने हो डोरीले नापेर काट्ने गर्थ्यौ गाउँलेहरु सँग मिलेर चेथुममा खानेपानी र स्कुल माकापुमा खानेपानी र स्कुललाई शौचालय साकुमामा खानेपानी स्कुल निर्माण सोलर टुकि शौचालय सुन्तले स्वास्थ्य चौकिमा शौचालय स्थापना गरि दिएको थियौ अन्य धेरै छ सहयोगको कुरा भन्ने हो भने त अहिलेलाई यतिनै भनौ तर पनि मेरो जन्म भुमिलाई मैले यति गर्नु पाउँदा म धेरै खुशी छु‘ संचालक राईले बताए।अहिले म र मेरो साथमा देश बिदेशमा रहेका सुन्तलेमा जन्म भएर देश बिदेशमा रहनु भएका दाजुभाई तथा दिदीबहिनीहरु सँग एक साथमा रहेर यस श्री ज्यू माबी सुन्तलेको लागि कम्प्युटर सहयोग तथा अक्षयकोष स्थापनाको लागि सहयोगको अपिल गरेको छु। सबै जना सुन्तलेमा जन्म भएर देश बिदेशमा रहनु हुँने सुन्तलेका दाजुभाई तथा दिदिबहिनीहरु लागि रहनु भएको छ त्यसैले पनि म अब धेरै खुशी छु किन भन्दा म पहिले एकलै थिए अहिके सम्पुर्ण सुन्तलेका दाजुभाई तथा दिदिबहिनीहरु सँग सहकार्य गरेर हरेक अभियानमा अगाडि बढ्न पाएको छु त्यसैले पनि म यहाँहरु सुन्तलेमा जन्मनु भएर देश बिदेशमा छरीएर रहनु भएका दाजुभाई तथा दिदिबहिनी हरुलाई सहयोगको अपिल गर्द्छु।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w