Daily Archives: 09/07/2018

साकुमा फ्रेन्ड सीप ट्रस’द्वारा विद्यालयलाई सोलार सहयोग


कुबेत नेपालडटकम

‘साकुमा फ्रेन्ड सीप ट्रस’ ले बाराहपोखरी गाँउपालिका वडा न.२ सुन्तालेमा रहेको श्री ज्यू माबिलाई दश थान कम्प्युटर लगातार तीन घण्टा चल्न सक्ने १६ थान चार किलो वार्ड बराबरको सोलर प्यानलको सहयोग गरिएको छ।एलाइन थोमस र जान स्तान्टोन विदेशी नागरिकसँग सहकार्य गर्दै सुन्तले साकुमा निवासि ट्रस संचालक चन्द्र कुमार राईले रोजगारीको शिलशिलामा पराई भूमिमा रहनु हुँने सुन्तले दाजुभाई तथा दिदीबहिनीहरु सँग कम्प्युटर शिक्षाको लागि र अक्षयकोष स्थापना गर्नेको लागि आर्थिक सहयोगको आह्वान समेत गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

ओलाङचुङगोला–तिब्बत : सडक बन्यो, गाडी छैन


आनन्द गौतम
लेलेप (ताप्लेजुङ) — सडक निर्माण गरिरहँदा टिप्तालाभन्ज्याङ–ओलाङचुङगोला सडक उपभोक्ता समिति अध्यक्ष छेतेन वालुङलाई लागेको थियो– अब तिब्बत आउजाउ गर्न पैदलयात्रा गर्नुपर्नेछैन ।गाउँटोलका बासिन्दालाई पनि उनले खुसीको खबर सुनाए । तर ट्रयाक खुलेको वर्ष दिनसम्म पनि यहाँका बासिन्दाले गाडी चढ्न पाएका छैनन् । मोटरबाटामा पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । उनीहरूले तिब्बतका प्रशासन तथा प्रहरी प्रमुख चढेर आएको गाडी भने बारम्बार देख्न पाएका छन् । ओलाङचुङगोलामा जन्मेर देश/विदेशमा रहेका वालुङहरूले आफ्नै लगानीमा बस्तीदेखि तिब्बत जोड्ने सडकको ट्रयाक खोलेका हुन् । उक्त सडकमा चौंरी, याक हिंडाउन भने सहज भएको स्थानीय बताउँछन् । वालुङ समाजले ३ करोडभन्दा बढी लगानीमा २४ किलोमिटर सडक निर्माण गरेको छ । समुदायबाट रकम जुटाई चिनियाँ ठेकेदार कम्पनीमार्फत बस्तीसम्म सडक पुर्‍याइएको हो । पढ्नेक्रम जारी राख्नुहोस्