कुवेतमा २०५ औं भानु जयन्ती  आउँदो जुलाई १३ तारिख मनाईने,


माधब शाही,कुवेत

कुवेतमा २०५ औं भानु जयन्ती मनाईने कार्यक्रमको तयारी पुरा भएको छ । विश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा आउँदो जुलाई १३ तारिख कुवेतमा २०५ औं भानु तथा साहित्य श्रृंखला वाचन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भयको कार्यक्रम संयोजक राजेन्द्र बिरहीले बताए ।

विश्वभरका साहित्यकारहरु एकजुट होऔ नेपाली साहित्यलाई समद्ध बनाऔ भन्ने मूल उदेश्यका साथ स्थापना भयको विश्व नेपाली साहित्य महासंघ कुवेतले हरेक बर्ष विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै आएको छ । उक्त कार्यक्रममा कुवेतमा रहेका साहित्यकार हरुले साहित्य वाचन गर्ने छन् ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका कोखबाट जन्मिएका आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेका थिए ।

उनले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए । रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन्। प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीता सँगै विभिन्न फुटकर कविता कृति प्रकाशित छन् ।

आयोजकले कुवेतमा क्रियाशील बिभिन्न संघसंस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकार,सहित्यकार साथीहरु उक्त कार्यक्रमलाई सफल पार्न सहयोग गरीदिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई हार्दिक अनुरोध समेत गरेको छ ।सबैलाई पत्राचार गरिसकेको र कारणबस पत्र पाउन छुट्नु भयको छ भने यसै समाचार मार्फत उपस्थित हुन कार्यक्रम संयोजक राजेन्द्र बिरहीले सबैमा अनुरोध गरेका छन् ।

कार्यक्रम हुने दिन : १३ जुलाई २०१८ (सुक्रवार)

स्थान: पपिन हल जिलिब

समय: बिहान ठिक १० बजे

सम्पर्क नं: ६६२६५२२६ / ६७७४९३६१ / ५०६६११७४/५०३०७३०३

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w