Daily Archives: 05/07/2018

सशस्त्र प्रहरीका ५ एआइजीको जागिर चट् !


२१ असार, काठमाडौं । शेरबहादुर देउवा सरकारका पालामा डीआइजीबाट एआइजीमा बढुवा भएका सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हरुको बढुवा खारेज हुने भएको छ । अब उनीहरुले डीआइजीकै स्टाटसमा जागिरबाट बाहिरिनुपर्ने भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ पछिका देउवा सरकारका निर्णयहरु खारेज गरेसँगै त्यसको प्रभावस्वरुप सशस्त्रका ५ एआइजीको जागिर चट् हुने निश्चित भएको क्याबिनेट बैठकमा सहभागी एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर, आइसियुमा उपचार हुँदै


काठमाडौं, २० असार । जुम्ला पुगेर अनसन बसेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ । स्वास्थ्य गम्भिर भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको छ । डा केसीको प्रतिष्ठानको आकस्मिक कक्षको आइसियुमा उपचार भईरहेको छ । अनसन बसिरहेका डा केसी अर्धचेत भएपछि डाक्टरहरुको टोलीले जबरजस्ती आइसियुमा लगेका हुन् । केसीको उपचारमा संलग्न रहँदै आएका चिकित्सक डा. प्रवीण गिरीले भने, ’छाती दुख्ने तथा श्वास फेर्न धेरैनै गाह्रो भएपछि इमर्जेन्सीमा ल्याएका हौँ ।’ पढ्नेक्रम जारी राख्नुहोस्

देउवा सरकारका सबै राजनीतिक नियुक्ति कम्युनिष्ट सरकारद्धारा खारेज


काठमाडौं । मन्त्रिपरिषद्को हिंजोको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेजीको निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । २०७४ फागुन ३ गते वर्तमान सरकार गठन भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

घण्टाको पनि तलब तोकिँदै


होम कार्की
काठमाडौँ — अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली सुरु हुने भएको छ । यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ । न्यूनतम तलब निर्धारण समितिले घण्टाको पारिश्रमिक तोक्न लागेको हो । नयाँ श्रम ऐनले पार्टटाइम काम गर्ने श्रमिकलाई कानुनी दायरामा ल्याएको छ । यसलाई सम्बोधन गर्नुपर्ने भएकाले श्रम मन्त्रालयलाई घण्टाको पारिश्रमिक निर्धारण गर्नुपर्ने बाध्यकारी नियम छ । सरकारले पहिलोपटक कम्पनी/ प्रतिष्ठान, चिया बगान, कृषि श्रमिक र घरेलु श्रमिकको न्यूनतम तलब छुट्टाछुट्टै तोक्दै छ । कम्पनी/प्रतिष्ठान क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम तलब निर्धारण गर्न रोजगारदाता र ट्ेरड युनियनसँगको छलफल अन्तिम चरणमा प्रवेश गरेको श्रम मन्त्रालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अतिथि कलाकाहरु लाई कुबेत अन्तर्राष्ट्रिय बिमानस्थलमा भब्य स्वागत


कुबेत नेपालडटकम

लालीगुराँस सास्कृतिक परिवार कुवेत को १२ औं सांगीतिक धमाका रमझम संस्कृतिक कार्यक्रम को लागि सहभागीता जनाउन अतिथि कलाकारुको रुपमा नेपालबाट पाल्न हुने चर्चित लोक तथा दोहोरी गायिका उमा श्रेष्ठ, बसन्ती थापा र लोक तथा आधुनिक गायक अमृत खाती हिजो राती ११:३५ यरअरबिया यरलाईनस हुदै कुवेत आईपुग्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्