नारायणगढ–मुग्लिन सडक ठप्प, टोपो खोलामा फेरि पहिरो


रमेशकुमार पौडेल
चितवन — नारायणगढ–मुग्लिन सडकको टोपे खोलामा बुधबार बिहान फेरि ठुलो पहिरो गएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बिहान पाँच बजे गएको पहिरोका कारण आज दिनभर यातायात प्रभावित हुने अवस्था छ । पहिरो सफा गर्न आज दिनभर लाग्ने उनले जानकारी दिए ।  ‘अहिले गाडी ठप्पै छ । एक तर्फी खुलाउन पनि अझै तीन चार घण्टा लाग्छ । तीन चार बजेयता दुई तर्फी गाडी खुल्ने सम्भावना छैन’ सुचना अधिकारी खनालले भने । पहिरोका कारण सोमबार दिनभर बाटो अवरुद्ध थियो । हिजो पनि राम्रोसँग गाडी चल्न सकेको थिएन । राजधानी काठमाडौंको लाइफ लाइन यो सडक वर्षासँगै पहिरा आउँदा पटक पटक बन्द हुने गरेको छ ।

नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ । पहाड काटेको ठाउँमा पहिरो गएर सडक बन्द हुने गरेको हो । अघिल्ला वर्षहरुमा लगातार ४३ घण्टासम्म बाटो बन्द भएको थियो । यो वर्ष असार ११ गते सोमबार लगातार ११ घण्टा बाटो बन्द भएको थियो ।(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w