Daily Archives: 03/07/2018

लालीगुराँस सांस्कृतिक परिवार कुवेत को १२ औं सांगीतिक धमाकाको लागि अतिथि कलाकारहरु भोली बेलुकी १२ बजे कुवेत आईपुग्ने


कुबेत नेपालडटकम

यही आउदो ०६ जुलाई शुक्रबार दिन आयोजना हुन गैरहेको लालीगुराँस सास्कृतिक परिवार कुवेत को १२ औं सांगीतिक धमाका रमझम संस्कृतिक कार्यक्रम को लागि भाग लिन अतिथि कलाकारको रुपमा चर्चित लोक तथा दोहोरी गायिका उमा श्रेष्ठ, बसन्ती थापा र लोक तथा आधुनिक गायक अमृत खाती भोली रात को १२ बजे कुवेत आईपुग्ने लालीगुराँस सांस्कृतिक परिवारका अध्यक्ष माधव पौडेलले जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नाटकीय खेलमा जापानलाई ३-२ ले हराउँदै बेल्जियम क्‍वार्टरफाइनलमा


बेल्जियम विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ। रसियामा सोमबार भएको खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा गरेको तेस्रो गोलले बेल्जियम क्वार्टरफाइनल प्रवेश गरेको हो। बेल्जियमले सेमिफाइनल प्रवेशका लागि ब्राजिलसँग भिड्नेछ। दोस्रो हाफ सुरु भएलगत्तै जापानले पाँच मिनेटको अन्तरमा दुई गोल गर्दै अग्रता लिएको थियो। ४८ मिनेटमा जेन्की हारागुची र ५२ मिनेटमा ताकासी इनुईले गोल गरी जापानलाई अग्रता दिलाएका थिए। तर ६९ मिनेटमा जन भेर्टोनघेनले बेल्जियमलाई गोलरहित स्थितिबाट जोगाएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

कैलालीको भजनीका २ सय घर डुबानमा


१९ असार, धनगढी । कैलालीको भजनी नगरपालिका–५, लौबस्थाका करिब २०० परिवार डुबानमा परेका छन् । कान्द्रा नदीमा आएको बाढीका कारण उनीहरु डुबानमा परेका छन् । भजनी नगरपालिकाकी उपमेयर छाया देवकोटाले लौबस्थाका २ सय परिवार डुबानमा परेको र उनीहरु सोमबारदेखि नै स्कुल र सुरक्षीत भवनमा आश्रय लिएर बसिरहेको जानकारी दिइन् । बाढी अझै बढ्न सक्ने खतरा रहेकाले स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको उनले बताइन् । पढ्नेक्रम जारी राख्नुहोस्

स्विस बैंकमा रकम : नेपाल ११२ औं स्थानमा


काठमाडौँ — दक्षिण एसियाली मुलुकका नागरिक तथा कम्पनीहरूले उल्लेख्य मात्रामा स्विस बैंकमा रकम जम्मा गर्ने गरेको पाइएको छ । यसमा नेपाल ११२ औं स्थानमा रहेको छ । अन्य दक्षिण एसियाली मुलुकहरूमा पाकिस्तान ७२ औं, भारत ७३ औं, बंगलादेश ९५ औं, श्रीलंका १०८ औं र भुटान २०३ औं स्थानमा रहेको स्विस बैंकको पछिल्लो तथ्यांकमा उल्लेख छ । चीन सूचीमा २० औं स्थानमा छ । अघिल्लो वर्ष चीनले ६७ प्रतिशतले वृद्धि गर्दै उसको नागरिकले उक्त बैंकमा १६० अर्ब स्विस फ्रयांक जम्मा गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्