Daily Archives: 02/07/2018

स्पेनको हारसँगै इनिस्टाले लिए सन्यास


स्पेनिस मिडफिल्डर आन्द्रे इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आयोजक रसियासँग टाइब्रेकरमा हार्दै स्पेन विश्वकपको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएपछि इनिस्टाले पनि सन्यास लिएका हुन् । २०१० मा स्पेनले विश्वकप जित्दा निर्णायक गोल गरेका ३४ वर्षीय इजिस्टा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । टाइब्रेकरमा पहिलो पेनाल्टी हानेका उनले गोल गरे । तर, कोके र आसपासको पेनाल्टी रसियन गोलरक्षकले रोक्दै स्पेनलाई घर पठाए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

वर्षासँगै गाउँहरू जलमग्न, घरभित्र पानी पस्न थाल्यो


काठमाडौं, १८ असार । राजधानी लगायत देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । वर्षाकै कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । त्यसैगरी सिद्धार्थ राजमार्ग पनि अबरुद्ध भएको छ । उता, नेपालगञ्जमा पनि वर्षाका कारण समस्या भएको छ । बाँकेका अधिकांश स्थानमा पानी भरिएको छ । घरहरू डबानमा पर्ने खतरा बढ्दै गएको छ । यता, दाङको देउखुरीका बिभिन्न ठाउँ पनि जलमग्न भएको छ । राजमार्ग आसपास र अन्य गाउँमा पानी भरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

रोकियो चिकित्सा शिक्षा विधेयक


आफ्नै सिफारिसमा वैशाख १३ मा जारी अध्यादेशको व्यवस्थाविपरीत सरकारले कलेज सञ्चालकलाई सहज हुने गरी प्रतिस्थापन विधेयक पेस गर्न लागेको भन्दै कांग्रेसद्वारा विरोध
काठमाडौँ — सरकारले मेडिकल कलेज सञ्चालकलाई पोस्ने गरी संसद्‌मा लगेको चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक प्रमुख प्रतिपक्षी दलको विरोधका कारण तत्काल अघि नबढ्ने भएको छ । सत्तापक्षले आइतबार प्रतिनिधिसभा नियमावलीको नियम निलम्बन गरेर विधेयक पेस गर्न खोजेपछि प्रतिपक्षले संसद् अवरुद्ध गर्ने चेतावनी दिएको थियो । प्रतिनिधिसभाको आइतबारको कार्यसूचीमा नियम निलम्बन गरेर विधेयक पेस गर्ने उल्लेख थियो । पढ्नेक्रम जारी राख्नुहोस्

रुकुम (पश्चिम) मा बस दुर्घटना, १४ घाईते


धनवीर दाहाल÷रुकुम(पश्चिम) १८, असार रुकुम(पश्चिम) मुसीकोट नगरपालिका १२ पितिवाङमा बस दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । दाङको तुलसिपुरबाट रुकुम(पश्चिम)को सल्ले तर्फ आउँदै गरेको ना ४ ख ६३२६ नम्बरको बस दुर्घटना हुँदा चालक सहित १४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)ले जनाएको छ । प्रहरीका अनुसार घाईते मध्ये चार जनालाई बढि चोट लागेको छ । उनिहरु मध्यपनि चार जनालाई नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । रेफर हुनेमा दाङ तुलसिपुर उपमहानगरपालिका ३ की १७ वर्षिया सृष्टी पुन, सल्यान त्रिवेणि गाउँपालिका ७ का २२ वर्षिय बिष्णु परियार, तुल्सीपुर उपमहानगरपालिका पाँचका वडा सदस्य समेत रहेका ३१ अजय बुढाथोकी र रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका ३ मैकाटका २५ वर्षिय करण बुढालाई रेफर गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्