तत्कालीन एमालेबाट विजयी अध्यक्षलाई नेकपाको दुर्व्यवहार, दलियो कालो मोसो


काठमाडौं, १७ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यनिस्ट पार्टी (नेकपा)ले जनताबाट निर्वाचित जनप्रतिनिधिहरूलाई दुर्व्यवहार गर्न थालेको छ । नेकपाका नेता कार्यकर्ताले अराजक गतिविधि गर्न थालेको आरोप छ । नेकपाले कानूनी शासनलाई चुनौती दिँदै जनप्रतिनिधिहरूमाथि दुर्व्यवहार गरेको हो । नेकपाका कार्यकर्ताले दुर्गमका गाउँपालिकाका जनप्रतिनिधिहरूलाई निशाना बनाएका छन् ।बझाङ जिल्लाको मष्टा गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर कठायतलाई नेकपाका कार्यकर्ताले दुर्व्यवहार गर्दै कालोमोसो दलेका छन् ।

तत्कालीन नेकपा (एमाले)बाट अध्यक्षमा निर्वाचित अध्यक्ष कठायतलाई नेकपाका कार्यकर्ताले कालो मोसो दलेका हुन् । अध्यक्ष कठायतलाई नेकपाले कमिसन खाएको, कार्यालय समयमै मदिरा सेवन गरेको, बजेट वितरणमा मनोमानी गरेको जस्ता आरोप लगाएको छ ।

केही दिन अगाडि बझाङ जिल्लाको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीलाई नेकपाका कार्यकर्ताले कालोमोसो दलेका छन् ।(दैनिल नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )