Monthly Archives: जुलाई 2018

‘मेरो व्यवहार बनावटी थियो ? हो, म कहिलेकाहीँ त्यस्तो गर्छु’


एजेन्सी
लन्डन : रुस विश्वकपका क्रममा मैदानमा अनावश्यक रूपमा लडेर नाटक गरेको भन्दै आलोचना खेपेका ब्राजिलियन स्ट्राइकर नेमारले पहिलोपटक आफूले गल्ती गरेको स्वीकारेका छन् । उनले आफ्नो प्रायोजकको विज्ञापनको सहायता लिँदै विश्वकपमा आफूले गरेको केही व्यवहार बनावटी रहेको बताएका हुन् । आइतबारबाट ब्राजिलका अधिकांश टेलिभिजन च्यानलहरूमा प्रसारित सो विज्ञापनमा नेमारले आगामी प्रतियोगितामा त्यस्तो व्यवहार नहुनेसमेत बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

५० लाख नेपाली किन विदेशिए ?


प्रवासी नेपालीको गुनासो– समस्या सुनियो, समाधान गरिएन
बसन्त रानाभाट
१५ साउन, बार्सिलोना । विभिन्न कारणले ५० लाख नेपालीहरु विदेशिनु परेको छ । यही मेसोमा यूरोपेली मुलुक लम्जम्बर्गको हिल्टन होटलमा बसेर गैरआवासीय नेपालीहरुले नेपाल सरकारका मन्त्री, राजनीतिक दलका नेता र सांसदहरु माझ विदेशिनुको पीडा र आफ्ना समस्याका फेहरिस्थ प्रस्तुत गरे । लाखौं नेपालीहरु विदेशिनु पर्नाको बाध्यता’bout चर्को बहस भयो । कतिपयले अवसरको खोजीमा माइग्रेसन हुनुलाई स्वाभाविक ढंगले व्याख्या गरे । तर, विदेश पुग्ने क्रममा हुने मानव तस्करीका घटना, दुव्र्यवहार लगायत अमानवीय घटनाहरु रोक्न राज्य सचेत हुनुपर्नेमा सबैको जोड रह्यो । पढ्नेक्रम जारी राख्नुहोस्

सरकारविरुद्ध कांग्रेसले आज राजधानीसहित देशभरि प्रदर्शन गर्दै


काठमाडौं, १५ साउन । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आज देशभरि सरकारको विरुद्धमा प्रदर्शन गर्दैछ । कांग्रेसले वर्तमान सरकार अधिनायकवादी बन्दै गएको, महंगी बढेको, भ्रष्टाचार मौलाएकोसहितका आरोप लगाउँदै सबै जिल्लामा प्रदर्शन गर्न लागेको हो । ठमाडौंमा दिउँसो साढे दुई बजे प्रदर्शन गर्ने तयारी रहेको नेपाली कांग्रेसले जनाएको छ । रत्नपार्कमा कांग्रेसले प्रदर्शन गर्न लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

देउवा समूह हारेपछि सिटौलाले मुख मिठ्याए, खुमबहादुर खड्का निकटका अधिकारीले बाजी मारे


नवलपरासी, १४ साउन । प्रमुख विपक्षी दल नेपाली कांग्रेस निकटका कानून व्यवसायीहरूको संस्था ‘डेमोक्रेटिक लयर्स एशोसियसन’ (डीएलए)को अध्यक्षमा योगेन्द्र अधिकारी निर्वाचित भएका छन् । सोमबार बिहान प्राप्त नतिजाअनुसार अध्यक्षमा अधिकारी निर्वाचित भएका हुन् । अध्यक्ष पदमा सीताराम केसीले पनि प्रतिस्पर्धा गरेका थिए । केसी वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका मानिन्छन् । स्वर्गीय नेता खुमबहादुर खड्का निकट मानिने अधिकारीलाई कृष्णप्रसाद सिटौला समूहले समर्थन गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

जोशीलाई प्रधानन्यायाधीश नबनाउने नेकपाको तयारी


१४ साउन, काठमाडौं । सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्याधीश नबनाउने तयारी भइरहेको सत्तारुढ दल नेकपाका एक शीर्ष नेताले बताएका छन् । प्रस्तावित प्रधानन्यायाधीश जोशी’bout निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । यसअघि दुई पटक बैठक स्थगित भएको थियो । आजको बैठकले भने जोशी’bout निर्णय गर्ने सुनुवाई समितिका एक सदस्यले बताए । स्रोतका अनुसार जोशीको सिफारिस अस्वीकृत गनर्ेे सत्तारुढ दल नेकपाको तयारी छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली जनसंपर्क समितिको “विश्व सन्जाल’’ गठन


कुबेत नेपालडटकम

नेपाली जनसम्पर्क समितिहरूलाई एउटै छातामुनि ल्याउन विष्णु सुवेदीको अध्यक्षतामा नेपाली जनसम्पर्क समिति अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व सञ्जाल’’ गठन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्