धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प


काठमाडौँ — बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सो धक्का २०७२ बैशाख १२ कै विनाशकारी भूकम्पकाे पराकम्प रहेको केन्द्रले बताएको छ । विगत केही दिन यता धादिङमा स-साना भूकम्पका धक्काहरु महसुस भइरहेको छ। मंगलबार पनि धादिङ केन्द्रविन्दु रहेर ३.८ रेक्टरको भूकम्प गएको थियो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद लाेकविजय अधिकारीका अनुसार धादिङमा महसुस गरिएको भूकम्पको धक्का २०७२ बैशाख १२ गते भएको विनाशकारी भूकम्पकै पराकम्प हो। धक्का धादिङमा मात्रै नभइ अासपासका जिल्ला तथा काठमाडौंमा समेत महसुस गरिएको थियो ।

‘बैशाख १२ को भूकम्पपछिस-साना पराकम्पहरु गई नै रहेका छन्। यसलाई अन्यथा मान्नु हुँदैन,’ उनले भने, ‘बैशाख १२ यता साे क्षेत्र अासपास भूकम्पीय गतिविधि कहिले बढ्ने कहिले घट्ने भइरहेको छ। तर सानो भूकम्प जाँदैमा ठूलो भूकम्प अाउँछ भनेर भविष्यवाणी गर्न मिल्दैन। यो सामान्य गतिविधि हो। अात्तिनु पर्दैन।'(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )