Daily Archives: 26/06/2018

ब्लड क्यान्सर पिडीत समिरालाई लुम्बिनी समाज कुवेतद्धारा आर्थिक सहयोग प्रदान ।


कुबेत नेपालडटकम

सेवा नै धर्म लुम्बिनी समाज नेपाल कुवेतको आयोजनामा सहयोग रकम हस्तानतरण कार्यक्रम सम्पन्न भएको छ । अर्घाखांची शितगंगाा नगरपालिका ३ निवासी सचिन बोहोराकी ३ वर्षिया छोरी समिरा बोहोराको उपचारका लागि कुवेतमा रही काम गरिरहेका नेपालीहरु बाट संकलीत रकम रु ६१००० सचिन बोहोरालाई प्रदान गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

विश्वकप फुटबलमा मंगलबार हुने चार खेलहरूः


रूस – रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा सोमबार (आज) ४ खेलहरू हुँदैछन्। समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह सी मा रहेका अष्ट्रेलिया र पेरूले प्रतिस्पर्धा गर्दैछन्। खेल फिस्ट ओलम्पिक रंगशालम सोचीमा नेपाली समयअनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ। पढ्नेक्रम जारी राख्नुहोस्

विष्टले पेलेपछि व्यवसायीहरू संकटमा, अध्यक्ष गुरुङले व्यवसायीहरूलाई संरक्षण गरेनन्


काठमाडौं, १२ असार । सरकारले वैदेशिक रोजगार व्यवसायीहरूलाई चरम दुःख दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सरकारले यसरी दुःख दिँदा पनि व्यवसायीहरूको बचाउमा एउटा कदम समेत नउठाएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चर्को आलोचना भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले व्यवसायीको हितमा कुनै पनि काम गर्न नसेको भन्दै आलोचना सुरु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

पूरा हुने भो पुरुषको नर्स बन्ने धोको


दिनेश गौतम
काठमाडौं : नर्स भन्नासाथ धेरैले सम्झन्छन्, यो महिलाको पेशा हो । यस्तो सम्झनु स्वाभाविक पनि छ, ’cause सबैजसो अस्पतालमा नर्सहरू महिला नै हुन्छन् । संसारभरि महिला नर्सकै संख्या अधिक छ । तर विदेशमा थोरै संख्यामा भए पनि पुरुषले नर्सिङ विषय पढेर बिरामीको सेवा गरिरहेका छन् । नेपालमा पनि केही समयदेखि प्रश्न उठ्न थालेको थियो– नर्स बनेर सेवा गर्न पुरुषले किन नपाउने ? के नर्स भनेको महिलाको मात्रै पेशा हो र ? पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेस युवा नेताको आवाज : ‘७० नाघ्नुभयो, विश्राम लिनुस्’


कुलचन्द्र न्यौपाने
काठमाडौँ — नेतृत्व परिवर्तनको मुद्दा उठ्न थाल्ने बित्तिकै कांग्रेस सभापति शेरबहादुर देउवा कहिले मलेसीयाका प्रधानमन्त्री महाथिर मोहम्मदको उदाहरण दिन्छन् त कहिले ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको प्रसंग ल्याउँछन् । राज्यका तीनै तह प्रदेश, स्थानीय र प्रतिनिधिसभाको निर्वाचनमा नराम्रो हार खाएपछि केही युवाको समूहले पार्टीभित्र नेतृत्व परिवर्तनको मुद्दा उठाइरहेका बेला सभापति देउवाले मलेसियामा ९२ वर्षीय महाथिरको सत्तारोहणको प्रसंग अभिरुचीपूर्वक सुनाउन थालेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्