Daily Archives: 24/06/2018

नेपाल–चीन सम्बन्ध असाधारण र अभूतपूर्व : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन्। दुवै मुलुकले सरकारीस्तरमै स्वीकारेका छन्। नयाँ संविधान कार्यान्वयनमा आएपछि तीन तहको निर्वाचन सम्पन्न भई बनेको सरकारका कार्यकारी प्रमुखका रुपमा उत्तरी छिमेकी मुलुक चीनको छ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री अाेलीले नेपाल र चीनको सम्बन्ध असाधारण र अभूतपूर्व भएको बताए। प्रस्तुत छ, अन्तरवार्ताको सम्पादित अंश : पढ्नेक्रम जारी राख्नुहोस्

पर्वतकी अञ्जली पुरी भइन् एसईई नेपाल टप


काठमाडौँ, १० असार । यस बर्षको एसईई परीक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप गरेकी छन । छात्रा पुरीले सबै बिषयमा ए प्लस सहित ४.०० जिपीए अंक सहित एसईई उर्तीण गरेका कारण नेपाल टप गरेको बिद्यालयले दाबी गरेको छ । अहिले सम्म ४.०० जिपीए अंक ल्याउने बिद्यार्थी अञ्जली मात्र देखिएकी छन । ‘अञ्जलीले नेपाल टप गरेको हाम्रो दाबी छ’ बिद्यालयका प्रिन्सीपल बसन्तकुमार कर्माचार्यले भने । सानै देखि प्रतिभावान छात्रा अञ्जली छात्रबृत्तिमा अध्ययन गर्दै आएकी थिइन । पढ्नेक्रम जारी राख्नुहोस्