Daily Archives: 21/06/2018

भाँचिएको दायाँ हात, बायाँमा प्लास्टर


कालिकोट – जिल्ला अस्पताल कालिकोटमा डाक्टरको चरम लापरबाही देखिएको छ। एक बालिकाको दायाँ हात प्लास्टर गर्नुपर्नेमा बायाँ हात प्लास्टर गरिएको छ। साबिक राम्नाकोट–४ हाल पचालझरना गाउँपालिका वडा नम्बर ५ निवासी ४ वर्षीया दैनाकुमारी बमको बायाँ हात प्लास्टर गरिएको छ। डाक्टरले आकस्मिक कक्षमा लगेर चेकजाँच गर्दा दायाँ हात फ्याक्चर भएको पुष्टि भए पनि लापरबाहीले बायाँ हात प्लास्टर गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

विश्वकप फुटबलमा बिहीबार हुने तीन खेलहरू


रूस – रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बिहीबार (आज) ३ खेलहरू हुँदैछन्। समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह सी मा रहेका डेनमार्क र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। खेल समारा एरिना रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरु हुनेछ। आफ्नो पहिलो खेलमा अष्ट्रेलिया फ्रान्ससँग २–१ ले पराजित भएको थियो भने डेनमार्कले पेरुलाई १–० ले हराएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

चिनियाँ रेल नेपाल पुग्छ : राष्ट्रपति सी


राजाराम गौतम
बेइजिङ : चिनियाँ राष्ट्रपति सी चिनफिङले ल्हासा हुँदै सिगात्से पुगेको रेल केही वर्षभित्रै काठमाडौं पुग्ने आशा व्यक्त गरेका छन्। पिपल्स ग्रेट हल अफ चाइनामा बुधबार शिष्टाचार भेटका लागि पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सरकारी प्रतिनिधिमण्डलसामु राष्ट्रपति सीले त्यस्तो आशा व्यक्त गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेस सभापति भेला : देउवाको तुलना इरानका अन्तिम राजासँग किन भयो ?


‘रेडिमेड’ भेला अर्थहीन भन्दै प्रकाशमानसहितका नेताहरुबाट बहिस्कार
७ असार, हेटौडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना भएपछि भेलालाई निष्कर्ष विहीन बनाउने संस्थापन पक्षको तयारी रहेको जिल्ला सभापतिहरुले आरोप लगाएका छन् । उनीहरुले भेलाको निष्कर्षलाई मार्गदर्शन बनाउने भन्दा पनि औपचारिक जमघटमा सीमित गर्ने प्रयास भएको टिप्पणी गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

विदेशमा बसेर नेपाल’bout फेसबुक र ट्वीटरमा जथाभावी लेख्नेलाई कारबाही हुने


काठमाडौं, ७ असार । नेपाल प्रेस काउन्सिलले विदेशबाट चलाइने फेसबुक, ट्वीटरको अनुगमन गर्ने भएको छ । प्रेस काउन्सिल ऐनको मस्यौदामा राष्ट्रय, राष्ट्रियता, ब्यक्ति समुदाय जात, धर्म, ईज्जत प्रतिष्ठानमा आँच पुर्याउने प्रवृत्तिको अनुगमन गर्ने पस्ताव गरिएको छ ।
विदेशमा बसेर सामाजिक सञ्जालमार्फत नेपाल’bout जभाभावी लेख्नेलाई अनुगमन गर्ने भएको हो । नागरिक दैनिकले समाचार छापेको छ । पढ्नेक्रम जारी राख्नुहोस्