ब्राजिल स्विट्जरल्यान्ड बीचको खेल बराबरीमा टुंगियो


पाँच पटकको विश्वकप विजेता ब्राजिल आइतबार राति अबेला भएको खेलमा स्विट्जरल्याण्डसँग बराबरीमा टुंगिएको छ । निकै कमजोर मानिएको स्वीट्जरल्याण्डले ब्राजिललाई १–१ गोलको बरारबीमा रोक्दै अंक बाँडेको छ । पहिलो हाफमा ब्राजिलले अग्रता लिएको थियो । ब्राजिलका लागि फिलिपे कौन्टिन्होले गोल गर्दै अग्रता दिलाएका थिए । रास्टोभ एरिनामा खेलको २० औं मिनेटमा कौन्टिन्होले सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको ब्राजिलले दोस्रो हाफमा भने गोल गर्न सकेन । ब्राजिलका कुनै पनि खेलाडी दोस्रो हाफमा चम्किन सकेनन् । स्वीट्जरल्याण्डका लागि स्टेभन जुबेरले खेलको ५० औं मिनेटमा गोल गर्दै बराबरीमा पु¥याएका थिए ।

जर्मनीलाई म्याक्सिकोले हराईदिए
तीन पटकसम्म विश्व कपमा आमने सामने भएको जर्मनीसँग म्याक्सिकोले तीनै पटक हार व्यहोर्नु पर्याे । विभिन्न पटक गरी १२ पटक जर्र्मनी र म्याक्सिको आमने सामुन्ने भएपनि १९८५मा भएको सिटी टुर्नामेन्टमा मात्रै म्याक्सिकोले जर्मनी विरुद्ध जीत हासिल गर्याे । जसमा ६ पटकसम्म हार व्यहोर्नु पर्याे भने ५ पटक ड्र भएको थियो ।

विश्व कपमा भाग लिए यता जर्मनीले अहिलेसम्म चार पटक जीत हासिल गरिसकेको छ । उनले खेलेको पहिलो खेलमा कहिल्यै हार व्यहोरेको छैन । डिफेण्डिङ च्याम्पियनको रुपमा मैदानमा खरो उतारेको जर्मनले तीन म्याचमा सन् १९५८ मा अर्जे्न्टिना विरुद्ध ३–१, सन् १९७८ मा पोल्याण्ड विरुद्ध ०–० र सन् १९९४ मा बोलिभिया विरुद्ध १–० गोल गरेको थियो ।

यस खेलमा डिफेण्डिङलाई विशेष ध्यान दिएर जर्मनीलाई म्याक्सिकोका खेलाडीले त्यत्ति जम्न दिएनन् । खेलको सुरुदेखि नै अट्याकिङ खेलेको म्याक्सिकोले पहिलो हाफको मध्ये समयमै सान्दार गोल गरेर अग्रता लिए । भने जर्मनीका खेलाडी हाफ समयपछि पनि जम्न सकेनन् ।
खेलको ३५ औँ मिनेटमा म्याक्सिकोका खेलाडी हाइर्विङ लोजानेले गोल गरेपछि म्याक्सिको १–० गोल गर्दै क्याक्सिकोलाई जर्मनी विरुद्ध जित हासिल गरेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w