दीपेन्द्र शाक्य
संखुवासभा — मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलबिद्युत अायाेजनाको सुरुङ खन्ने क्रममा ४ जना कामदारको मृत्यु भएको छ । शुक्रबार राती पौने ९ बजे सुरुङभित्र ढिस्को खस्दा ४ जना पुरिएका हुन। ढिस्कोमा पुरिएर २ नेपाली र २ भारतीय कामदारको मृत्यु भएको डीएसपी श्यामकुमार सारुमगरले बताए। मृत्यु हुनेमा कालिकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किसोरको मृत्यु भएको हो। शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किसोर इलेक्टोनिक मिस्त्री थिए। घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन्। झरी परिरहेकाले उद्धारमा कठिनाई भइरहेको डीएसपी सारुमगरले बताए। ढिस्को हटाउन स्काभेटर र डोजर घटनास्थल लगिएको छ। घटनास्थल सदरमुकाम खाँदबारीबाट ५० किलोमिटर टाढा पर्छ।(कान्तिपुर )
उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
पाठक तथ्यांक
- 3,938,693 यात्रीहरु
पुराना पेजहरु