बालकृष्ण ढुंगेल प्रकरण: प्रधानमन्त्री ओलीविरुद्ध दर्ता भएन अवहेलना मुद्धा


काठमाडौँ, ३० जेठ । ज्यान मारेको अभियोगमा थुनामा रहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको कैद मिनाहा गरी अदालतको अवहेलना गरेको दाबीसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा पेस भएको निवेदन अस्वीकृत भएको छ । प्रधानमन्त्री ओलीलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दर्ता गर्न खोजेको अवहेलनाको निवेदन मुद्दा महाशाखा प्रमुख नारायण पन्थीले दरपीठ आदेश लेखी अस्वीकृत गरेका हुन् ।

वरिष्ठ अधिवक्ता भण्डारीले सर्वोच्च अदालतको नजीर र विचाराधिन मुद्दा समेत प्रभावित हुने गरी ढुंगेलको कैद मिनाहा गरेर मन्त्रिपरिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेको जिकिर गरी निवेदन दर्ताको प्रयास गरेका थिए । सह–रजिष्ट्रार पन्थीले गरेको दरपीठ आदेशमा ढुंगेल लगायतका कैदीहरुको कैद मिनाहा गर्ने निर्णय विरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधिन भएकै अवस्थामा अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न नमिल्ने भन्ने उल्लेख छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशविपरीत सरकारले ढुंगेललगायतका कैदीको कैद मिनाहा गरेको, त्यसक्रममा परेको रिट निवेदनमाथि बहसका क्रममा सरकारी वकिलहरुले झुटो विवरण पेस गरेको र सरकारले अदालतमा मुद्दा विचाराधिन भएकै अवस्थामा झुक्याएर कैद मिनाहा गरेको भन्दै अधिवक्ता भण्डारीले प्रधानमन्त्री ओलीलाई विपक्षी बनाई निवेदन दर्ता गर्न खोजेका थिए । निवेदन दर्ता नभएपछि अधिवक्ता भण्डारीलाई दरपीठविरुद्ध फेरी निवेदन दर्ता गर्ने कानुनी बाटो भने खुला रहेको छ ।

ढुंगेल लगायतका ८ सय १६ जना कैदीबन्दीलाई सरकारले गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते रिहा गरेको थियो (दैनिक )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )