३१ जेठ, काठमाडौं । बिहीबारबाट भारतसँग नयाँ हवाई रुटका लागि छलफल सुरु हुँदैछ । त्यसका लागि एयरपोर्ट अथोरिटी अफ इन्डियाको टोली नेपाल आएको छ । अब दुई दिनसम्म नेपाली र भारतीय प्राविधिक टोलीले वार्ता गरेर नयाँ रुटहरु’bout टुंगो लगाउने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । नेपालमा अहिले चीनबाहेक अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय उडान भर्ने विमानहरु सिमराबाट भित्रिने गरेका छन् । तर, नेपालले भने भारतसँग थप नेपालगञ्ज, महेन्द्रनगर, भैरहवा, विराटनगर र जनकपुरबाट पनि रुट मागेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 14/06/2018
नयाँ हवाई रुटका लागि आजबाट भारतसँग वार्ता
Posted in नेपाल समाचार
एकै महिनामा तीन ठूला होटलमा डेढ अर्बको विदेशी लगानी गर्न प्रस्ताव
रविन्द्र घिमिरे
३१ जेठ, काठमाडौं । एकै महिनामा ३ वटा ठूला होटलका लागि वैदेशिक लगानी भित्र्याउने आएका छन् । जेठ महिनामा मात्रै झण्डै डेढ अर्ब बराबरको वैदेशिक लगानी भित्र्याउने गरी ३ ठूला होटलले प्रस्ताव गरेका हुन् । उद्योग विभागको वैदेशिक लगानी महाशाखाका प्रमुख खगेन्द्र बस्नेतकाअनुसार काभ्रेको पनौतीमा ५० करोड खर्चेर होटल स्थापनाका लागि भारतीय लगानीको प्रस्ताव आएको छ । त्यसैगरी काठमाडौंमा पनि ५० करोड लगानी गर्ने गरी अर्को होटलका लागि वैदेशिक लगानी भित्रिन लागेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
२१ औँ विश्वकप आजदेखि : ३२ देश, ६४ खेल र ७३६ खेलाडी
मस्को : विश्व फुटबलको महाकुम्भ बिहीबार रसियाको मस्कोमा सुरु हुँदैछ। विश्वकप फुटबलको २१औं संस्करणमा ३२ देश सहभागी छन्। सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। एक महिना (जुलाई १५ सम्म) चल्ने प्रतियोगितामा कुल ६४ खेल हुनेछन्। विश्वकपमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङ्ल्यान्ड, स्पेन, पोल्यान्ड, आइसल्यान्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्विट्जरल्यान्ड, क्रोएसिया, स्विडेन र डेनमार्क गरि १४ देश सहभागी छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
बालकृष्ण ढुंगेल प्रकरण: प्रधानमन्त्री ओलीविरुद्ध दर्ता भएन अवहेलना मुद्धा
काठमाडौँ, ३० जेठ । ज्यान मारेको अभियोगमा थुनामा रहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको कैद मिनाहा गरी अदालतको अवहेलना गरेको दाबीसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा पेस भएको निवेदन अस्वीकृत भएको छ । प्रधानमन्त्री ओलीलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दर्ता गर्न खोजेको अवहेलनाको निवेदन मुद्दा महाशाखा प्रमुख नारायण पन्थीले दरपीठ आदेश लेखी अस्वीकृत गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कुवेतमा अलपत्र परेका ३ जना नेपालीको लास लुम्बिनी समाज नेपाल कुवेतले नेपाल पठायो
माधव शाही ,कुवेत
कुवेतमा अलपत्र परेका ३ जना नेपालीको लास लुम्बिनी समाज नेपाल कुवेतले नेपाल पठायो । कुवेतमा विभिन्न कारणले बिगत २ हप्ता देखी नेपाल पठाउन नसकियको ३ जना नेपाली दाजु भाईको शव कुवेतका सामाजिक अभियन्ता तथा लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालको अग्रसरतामा नेपाल पठाईएको हो । २ दिन अगाडी २ शव र आज १ शव गरी ३ वटै शव नेपाल पठाएको सामाजिक अभियन्ता रुपेन हमालले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, सूचना