विश्व शान्तिमा ऐतिहासिक कदम


सिंगापुर : भेट-वार्ताअघिसम्म एक अर्काका कट्टर विरोधी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उनले मंगलबार सिंगापुरमा वार्तामात्र गरेनन्, ४ बुँदे सहमतिपत्रमा हस्ताक्षर समेत गरे। ट्रम्प-किम वार्ताले आणविक युद्धको छायाबाट दुवै देशसहित जापान र कोरियाली प्रायद्विप मुक्त हुने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

वार्तापछि दुवै नेताले आपसी सम्बन्ध सुधार गर्न ४ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे। ट्रम्प-किम दुवैबीच तनाव घटाउन र आणविक निःशस्त्रीकरणसम्बन्धमा वार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सहमतिपत्रमा कोरियाली प्रायद्विपमा आणविक निःशस्त्रीकरण र द्विपक्षीय सम्बन्ध सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

एक्लाएक्लै वार्तापछि ट्रम्प-किम दुवैले आ-आफ्ना वरिष्ठ सल्लाहकार तथा सहयोगीसहित पनि बैठक गरेका थिए। बैठकमा अमेरिकाका तर्फबाट राष्ट्रपति ट्रम्पसँग विदेशमन्त्री माइक पोम्पेओ, ह्वाइट हाउसका प्रशासन प्रमुख जोन केली र सुरक्षा सल्लाहकार जन बाल्टन सहभागी थिए। उत्तर कोरियाली नेता उनसँग उनका सबैभन्दा निकट मानिने किम योङ चुल, विदेशमन्त्री रि योङ हो र पूर्वविदेशमन्त्री रि सु योङ सहभागी थिए।

ट्रम्पले उत्तर कोरियासँग आणविक निःशस्त्रीकरण गर्न भनेका छन्। अमेरिकाले उत्तर कोरियाको आणविक निःशस्त्रीकरण स्थायी हुनुपर्ने र पुष्टि हुनुपर्ने माग गरेको छ। साथै उसले कोरियाली प्रायद्विपमा स्थायी शान्ति सुनिश्चित गर्न पनि उत्तर कोरियासँग माग गरेको छ। उत्तर कोरियाली नेता किमले ट्रम्पसँग भएको वार्ताको क्रममा कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका छन्।

सिंगापुरको पर्यटकीय टापु सान्तोसाको कापेला होटलको पुस्तकालयमा करिब ३८ मिनेट एक्लाएक्लै वार्ता गरेका ट्रम्प र उन दुवैले वार्ता उपलब्धिमूलक भएको बताए। ट्रम्प-उन दुवैले होटलमा सँगै लन्च गरेका थिए। उनीहरू बगैंचामा केहीबेर डुलेका थिए। वार्तापछि पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘वार्तामा राम्रो प्रगति भएको छ, यो वार्ताले हामीलाई सफलतातर्फ डो¥याउनेछ।’ ट्रम्पले भोलिका लागि पनि वार्ताले सकारात्मक वातावरण निर्माण गरेको बताए। उनले भने, ‘हामी इतिहास बिर्सेर अघि बढेका छौं, अब विश्वले ठूलो परिवर्तन देख्नेछ।’ वार्तापछि दुवै नेताले सम्झौतामा हस्ताक्षर गरेका थिए र मुस्कुराउँदै हात मिलाएका थिए।

होटलमा ट्रम्प र किम हात मिलाएर हाँसेका थिए। आ-आफ्नो देशका राष्ट्रिय झण्डासामु उभिएर पहिला हात मिलाए, एक अर्काको पिठ्यूँमा धाप मारे र केही सेकेन्ड फोटो खिच्न उभिए। ट्रम्पले भने, ‘किम योग्य नेता हुनुहुँदो रहेछ, मैले आज थाहा पाएँ।’

त्यसपछि उनीहरू एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालयमा प्रवेश गरेका थिए। वार्ताबाट प्रभावित अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतालाई फेरि भेट्ने वचन दिएका छन्। ट्रम्पले सम्झौता हस्ताक्षर समारोह समापनपछि भने, ‘हामी फेरि भेट्छौं, सम्भवतः हामी ह्वाइट हाउसमै भेट्छौं।’

दक्षिण कोरियासँग सैन्य अभ्यास नगर्ने

अमेरिकी राष्ट्रपति ट्रम्पले अब अमेरिकाले कोरियाली प्रायद्वीपमा दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास नगर्ने घोषणा गरेका छन्। संयुक्त सैन्य अभ्यासले कोरियाली युद्धको वातावरण बनाएको भन्दै उत्तर कोरियाले बन्द गर्न माग गर्दै आएको थियो। राष्ट्रपति ट्रम्पले परमाणु परीक्षणका कारण उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध भने तत्काल नहट्ने बताए।

ट्रम्पले दक्षिण कोरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न चाहेको पनि स्पष्ट पारेका छन्। ट्रम्पले भने, ‘म कोरियाली प्रायद्वीपबाट आफ्ना सैनिक फिर्ता गर्न चाहन्छु।’ यसको निम्ति केही साय लाग्ने उनको भनाइ छ। यद्यपि यो जसरी पनि हुने उनले ठोकुवा गरे। अमेरिका र दक्षिण कोरिया सुरक्षा मामिलामा सहयोगी शक्ति हुन्। दक्षिण कोरियामा करिब ३० हजार अमेरिकी सैनिक तैनाथ छन्। उत्तर कोरियाको आक्रमणबाट दक्षिणको सुरक्षा गर्ने भन्दै सन् १९५० मा अमेरिकी सैनिक तैनाथ गरिएको हो।

सम्मेलन शान्तिको कोशेढुंगा : गुतेरेस

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको शिखर सम्मेलनको स्वागत गरेका छन्। उनले सम्मेलन कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निःशस्त्रीकरण गर्नका लागि कोशेढुंगा हुने विश्वास व्यक्त गरे। महासचिव गुतेरेसले सम्बन्धित सबैलाई ‘महत्वपूर्ण मौका’को सदुपयोग गर्न आग्रह गर्दै उत्तर कोरियाली आणविक कार्यक्रमलाई नष्ट गर्ने विषयमा सफलता हासिल गर्न राष्ट्रसंघको सहयोग रहने बताएका छन्। विज्ञप्तिमा उल्लेख छ, ‘सिंगापुरमा भएको सम्मेलन विश्वको दीर्घ शान्ति र पूर्ण तथा प्रमाणित रूपमा कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निरस्त्रीकरण गर्न कोशेढुंगा सावित हुनेछ।’ उत्तर कोरियाले पत्रकारहरूको उपस्थितिमा आणविक परीक्षण केन्द्रको नष्ट गरिने बताउँदै विदेशी सञ्चारमाध्यमलाई निमन्त्रणा पठाएपछि गुतेरेसले अन्तर्राष्ट्रिय विशेषज्ञलाई बोलाइनुपर्ने बताएका थिए।

ट्रम्प-उन वार्ताप्रति उत्साहित दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ-इनले भने, ‘दुई कोरिया र अमेरिकाले शान्ति र सहयोगको नयाँ इतिहास लेख्ने छन्।’

ट्रम्प-किम वार्तामा निकै चनाखोपूर्वक हेरिरहेको चीनले पनि वार्ताले नयाँ इतिहास लेखेको प्रतिक्रिया दिएको छ। चीन उत्तर कोरियाको एकमात्र सहयोगी राष्ट्र हो।

जापानी प्रधानमन्त्री सिन्जो आबेले वार्तामा ट्रम्पको नेतृत्वको प्रशंसा गर्दै उत्तर कोरियाको निःशस्त्रीकरण कोरियाली प्रायद्विपमा दिगो शान्ति कायम गर्नेतर्फ एउटा पाइला भएकाले आफूले समर्थन जनाउने बताएका छन्।

तर इरानले भने उत्तर कोरियाले अमेरिकालाई विश्वास नगर्ने प्रतिक्रिया दिएको छ। (अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w