Daily Archives: 12/06/2018

किमले भने- ‘सबैखाले बन्देज तोडेर म यहाँ आइपुगेको छु’


सिंगापुर- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच ऐतिहासिक वार्ता भएको छ । सिंगापुरको कैपेला होटलमा भएको भेटघाटमा यी दुई नेताले गम्भीर छलफल गरेका थिए । बीबीसीका अनुसार उत्तर कोरियाली नेता किमले यहाँ आइपुग्न सजिलो नभएको बताएका थिए । ‘हाम्रो इतिहास र पूर्वाग्रहले यो दिशातर्फ बढ्न बन्देज लगाएको थियो । ती सबैखाले बन्देज तोडेर म यहाँ आइपुगेको छु,’ किमले भनेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

वैदेशिक रोजगारी : १० महिनामा ८३ करोड ठगी दाबी


उत्तम काप्री
काठमाडौं : वैदेशिक रोजगारीमा जाने युवा ठगीने क्रम बढ्दो छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामै वैदेशिक रोजगारीका लागि गएका र जाने तयारीका युवाले आफूहरूसँग ८३ करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएका छन्। चालु आवको वैशाख मसान्तसम्म १७ सय ४४ युवाले ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका हुन्। वैदेशिक रोजगारमा गएका र जाने तयारीमा रहेकाहरू आफू ठगिएको भन्दै उजुरी दिन आउने गरेको विभागका प्रवक्ता उद्धव रिजाले जानकारी दिए। उजुरी दिनेको संख्या बढ्दो क्रममा छ। विभागमा सबैभन्दा बढी व्यक्तिगत ठगीका उजुरी परेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

देउवाविरुद्ध पौडेल समूहको भेला, गगन थापापनि देखिए मञ्चमा


काठमाडौं, २९ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्रको विवादले झनै उग्ररुप लिँदै गएको छ । सभापति शेरबहादुर देउवाले निरंकुशता लादेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आक्रामक रुपमा प्रस्तुत भएको हो ।यद्यपि, पौडेल समूहभित्रै पनि विभिन्न उपगुटहरू छन् । ती उपगुटहरूसँग मिलेर पौडेलले गुटको भेला गर्दै आएका छन् । पौडेल समूहभित्रै महामन्त्री डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले उपगुटहरू चलाइ रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्