Daily Archives: 11/06/2018

ईराकबाट ऊद्दार गरिएकी शान्ता राईलाई कुवेतबाट आर्थिक सहयोग


कुबेत नेपालडटकम

कुवेत – ईराकबाट केही महिना अगाडी साहुको निर्घात कुटपीटबाट सख्त घाईते अवस्थामा नेपाल पुगी उपचार खर्च अभाव भई दयनिय अवस्थामा रहेकी टेम्के मैयुङ गाउँपालिका ८, गोगने भोजपुरकी शान्ता राईलाई कुवेतबाट १ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग आज हस्तान्तरण गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

विपक्षी दल कांग्रेसको अडान झन् बलियो भएर आयो, सोँच्न बाध्य भयो ‘नेकपा’


काठमाडौं, २८ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधानको व्यवस्थाअनुसार नेपाल कम्युनिस्ट पार्टीले सभामुख वा उपसभामुखमध्ये एक पद छाड्नुपर्ने दाबी दोहोर्‍याएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पदभन्दा पनि कांग्रेस संविधान कार्यान्वयनको पक्षमा रहेको बताएका छन् । उनले भने, ‘कांग्रेसलाई पद चाहिएको होइन । संविधानको व्यवस्थाअनुसार काम होस् भन्ने चाहन्छ ।’ पौडेलले कांग्रेस यो अडानबाट कुनै पनि हालतमा पछाडि नहट्ने चेतावनी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

किमलाई भेट्न सिंगापुर पुगे ट्रम्प


२८ जेठ, काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सिंगापुर पुगेका छन् । किम पनि सिंगापुरमै छन् ।  ट्रम्पलाई पाया लेबर एयर बेसमा सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृणनले स्वागत गरेका छन् । दुई नेताबीच भोलि मंगलबार ऐतिहासिक वार्ता हुनेछ । ट्रम्प र किमको बहुप्रतिक्षित वार्ता मंगलबार सेन्तासा आइल्याण्डमा रहेको होटल क्यापेलामा हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

अपहरित बालकको गोली हानी हत्या


शिव पुरी
रौतहट — कटहरिया नगरपालिकाका–१२ वर्षीय बालकको अपहरण पछि हत्या भएको छ । अपहरणकारीले उनलाई गोली हानी हत्या गरी बाग्मती नदी किनारमा फालेका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बालक शनिबार राति घरबाटै अपहरणमा परेका थिए । कटहरिया नगरपालिका–९ डुमरियाका अहेब दिलिप साहका १२ वर्षीय छोरा शनिदेवल भनिने युवराज साहको अपहरणकारीले गोली प्रहार गरी हत्या गरेको हो। उनको शव बाग्मती नदी किनारमा सोमबार बिहान फेला परेको हो। बालकलाई घरबाट १५ किलोमिटर पर गढीमाई नगरपालिका–५ बाग्मती किनारमा लगेर कञ्चटमा गोली प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक चतुर्भज ओझाले बताए। पढ्नेक्रम जारी राख्नुहोस्