गृहमन्त्रीलाई प्रचण्डको धम्कीले काम गरेन, कारबाहीको हिट लिस्टमा प्रचण्डका घरबेटी


काठमाडौं, २७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरधनी शारदा अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन कारबाहीमा पर्ने भएको छ । सो कम्पनीको सूची गृहमन्त्रालयमा पुगेको छ ।भक्तपुर जिल्ला प्रशासनले अधिकारीको शैलुङ कन्ट्रक्सनलाई कारवाही सिफारिस गरेको हो । भक्तपुर प्रशासनले अधिकारीसहित समयमा काम सम्पन्न नगर्ने १० आयोजनाका छ । अधिकारीको शैलुङ कन्स्ट्रक्सनले दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७१ जेठमा कमल विनायक–नगरकोट सडक निर्माणको जिम्मा लिएको थियो ।ठेकेदार अधिकारीले नेकपाका दोस्रो अध्यक्ष प्रचण्डलाई ललितपुरको खुमलटारमा बस्न घर दिएका छन् । गृहमन्त्री रामबहादुर थापालाई प्रचण्डले दवाव दिएर अधिकारीलाई कारबाही नगर्न यसअघि नै दवाव दिएको समाचार दैनिक नेपालले सार्वजनिक गरिसकेको छ । चार वर्षमा ३ पटक म्याद थपे पनि ४३ प्रतिशत मात्रै काम सकिएको छ । तेस्रोपटक थपिएको म्याद पन यिहि असार मसान्तमा सकिँदै छ ।
गृह मन्त्रालयले समयमै विकास निर्माणका काम सम्पन्न नगर्ने कम्पनीहरूको नाम पठाउन निर्देशन दिएपछि प्रशासन कार्यालयले यो विवरण पठाएको हो । ठेकेदारले समयमा काम नसक्दा सडकमा हिलो, धुलो र खाल्डाखुल्डीका कारण विदेशी पर्यटकसहित यात्रुले कष्टपूर्ण यात्रा गर्नुपरेको छ ।

प्रशासनले डिभिजन सडक कार्यालय, शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय भक्तपुर र चाागु नारायण नगरपालिका अन्तर्गतका आयोजनाहरू समयमै सम्पन्न हुन नसकेकोले कारवाहीको लागि गृहमा सिफारिस गरेको हो । भक्तपुर प्रशासनले निर्माण व्यवसायी दीपक राना मगरको लोहनी एण्ड ब्रदर्श(लालीगुराास निर्माण सेवा जेभीले ठेक्का लिएका तीनवटा योजना समयमा पूरा नभएको विवरण गृहलाई पठाएको छ ।

त्यस्तै भीमसेन भण्डारीको सुनौला खिम्ती कन्ट्रक्सनले दुईवटा योजना समयमा नसकेको पाइएको छ । विष्णु लामाको वल्र्डवाइड–विष्णु जेभी कन्स्ट्रसकन र सञ्जीव शाहको शाह इञ्जिनीयरिङ्ग कन्स्ट्रक्सनले एक–एकवटा योजना ओगटेर समयमा सम्पन्न गरेका छैनन् । श्यामकुमार श्रेष्ठसहित तीनजनाका कम्पनीले मनोहरा पुल–इन्द्रायणी सााखु सडक योजना अलपत्र पारेको प्रशासनको विवरणमा छ ।(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )