Daily Archives: 10/06/2018

दर्शन ठकुरी समाज कुवेतद्वारा क्यान्सर पिडित एन्जिला शाहलाई एक लाख बढी आर्थिक सहयोग


कुबेत नेपालडटकम

क्यान्सर पिडित एन्जिला शाहलाइ दर्शन ठकुरि समाज कुवेतले आर्थिक सहयोग गरेको छ । समाजका सल्लाकार तथा सहयोग अभीयानका संयोजक रुपेन हमालको अग्रसरतामा संकलित रक़म रु, १,०६,८००/- ( एकलाख छ हजार आठ सय ) सहयोग गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

४३ लाख ब्लड मनी तिरेर स्वदेश फिर्ता


रुद्र खड्का
साउदी अरबमा ब्लड मनि बुझाएर ११ वर्षपछि घर फर्केका मध्यबिन्दु–४, नवलपरासीका थानेश्वर भुसाल आफन्तका साथ। तस्बिर : रुद्र/नागरिक
काठमाडाैं – नवलपरासी, मध्यबिन्दु–४ का थानेश्वर भुसाल शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदा निकै खुसी थिए। वृद्ध आमा, दिदी, भाइ लगायत आफन्तलाई भेटेलगत्तै उनले स्वदेशमा पाइला टेक्न पाएकोमा निकै खुसी लागेको प्रतिक्रिया दिए। ११ वर्षअघि (सन् २०११ मा ) साउदी अरबको जेद्दा पुगेका भुसाल करिब पाँच वर्ष त्यहाँको जेल बसेर शुक्रबार राति घर फर्केका हुन्। उनले चलाइरहेको गाडीलाई पछाडिबाट आइरहेको अर्को ट्रकले ठक्कर दिँदा दुई साउदी नागरिकको ज्यान गएको थियो। उनको गाडी धकेलिएर साउदी नागरिकको ज्यान गएपछि अदालतले भुसाललाई दोषी ठहर गरेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

दाहाललार्इ द्वन्द्वका घाइतेको प्रश्न : ‘नयाँ पार्टीले के गर्छ?’


पेरिसडाँडामा प्रचण्डलार्इ गुनासो सुनाउँदै सशस्त्र द्वन्द्का घाइते ।
रामकृष्ण अधिकारी
काठमाडौं : मकवानपुर बगैया -८ का जयबहादुर न्याचोर युद्धका घाइते हुन्। तात्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संर्घषका क्रममा उनी २०६१ चैत २८ गते मकवानपुरको हेटौंडामा घाइते हुन पुगे। माओवादीले घोषणा गरेको आमहड्ताल सफल बनाउने योजनामा लाग्दा सुरक्षाकर्मीको बमको छर्रा लागेर उनी घाइते भए। त्यसपछि उनी प्रक्राउ परे। सुरक्षाकर्मीले चितवनस्थित भरतपुरस्थित मेडिकल कलेजमा ल्याएर उनको उपचार गराएको थियो। त्यस घटनामा उनका दुवै हात गुमे, दुवै आँखा गुमे। अहिले उनी सहयोगीको सहारामा हिंड्ने, डुल्ने गर्नुपर्छ। शनिबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडा पनि छोरीको सहारामा पुगेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

गृहमन्त्रीलाई प्रचण्डको धम्कीले काम गरेन, कारबाहीको हिट लिस्टमा प्रचण्डका घरबेटी


काठमाडौं, २७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरधनी शारदा अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन कारबाहीमा पर्ने भएको छ । सो कम्पनीको सूची गृहमन्त्रालयमा पुगेको छ ।भक्तपुर जिल्ला प्रशासनले अधिकारीको शैलुङ कन्ट्रक्सनलाई कारवाही सिफारिस गरेको हो । भक्तपुर प्रशासनले अधिकारीसहित समयमा काम सम्पन्न नगर्ने १० आयोजनाका छ । अधिकारीको शैलुङ कन्स्ट्रक्सनले दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७१ जेठमा कमल विनायक–नगरकोट सडक निर्माणको जिम्मा लिएको थियो ।ठेकेदार अधिकारीले नेकपाका दोस्रो अध्यक्ष प्रचण्डलाई ललितपुरको खुमलटारमा बस्न घर दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

फिफा विश्वकप सुरु नहुँदै विवादित


एजेन्सी। फिफा विश्वकप खेल यसपटक इतिहासकै सबैभन्दा बढी विवादित भएको विश्लेषकहरुले बताएका छन् । ताजा विवाद मेक्सिकोको टिमका कारण भएको छ । मिडिया रिपोर्टका अनुसार मेक्सिको टिमका खेलाडीहरुले रुस जानुअघि वेश्याहरुसँग पार्टी गरेका थिए । टिम व्यवस्थापनले भने खेलाडी खाली समयमा स्वतन्त्र हुने भन्दै यो घटनामा सफाइ दिएको छ । उता रुसको राजधानी मस्कोमा पर्यटकका लागि रोबोट सेक्स सेन्टर खोलिएका कारण पनि विवाद भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गोदावरी र बडिखेल बर्डफ्लु संकटग्रस्त क्षेत्र


ललितपुर — गोदावरी र बडिखेल क्षेत्रका कृषकले पालेको कमर्सियल ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएको छ । पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर र पशु सेवा कार्यालय ललितपुरबाट खटिएका संयुक्त ३० जनाको टोलीले कुखुरा र हाँस गरेर ४ हजार ४ सय ८५ वटा नष्ट गरेको छ । टोलीले बडिखेलमा ९ सय २० र गोदावरी महादेव डाँडामा ३ हजार ४ सय ४४, स्थानीय कुखुर ७५ र ४१ वटा नष्ट गरेका हुन् । महादेव डाँडामा ५ वटा हाँस र दुवै क्षेत्रमा गरेर १ हजार ९ सय ७२ केजी दाना पनि नष्ट गरेको छ । सर्वसाधारणलाई प्रवेश निषेध बर्डफ्लु क्षेत्रमा शनिबार खुल्ला गरिएको छ । बर्डफ्लु एच५एन१ नामक भाइरसबाट लाग्ने सरुवा रोग हो । यो भाइरस हाँसमा सुसुप्त अवस्थामा हुन्छ । जिल्ला पशु सेवा कार्यालय प्रमुख डाक्टर मोगलप्रसाद साह भन्छन्, ‘हाँसबाट कुखुरा वा पन्छीमा सरेपछि लक्षण देखा पर्छ । पन्छीसँगको सम्र्पकमा आउनाले व्यक्तिमा समेत सर्न सक्छ ।’ उनले महामारीसमेत फैलन सक्ने खतरा रहेकाले समयमा भाइरस नष्ट गरिएको बताए । ‘कुखुराको खोरको भुससँग सम्पर्कमा आउनाले र ओसारप्रसार गर्नाले पनि सर्छ,’ उनले भने, ‘सावधानी नअपनाएमा ज्यानै जाने खतरा छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्