Daily Archives: 07/06/2018

ट्रम्प र किमबीच वार्ता हुँदा सिंगापुरको आकाशमा उडान बन्द !


सिंगापुर : सिंगापुरमा आयोजना गरिएको अमेरिका-उत्तर कोरिया शिखर वार्ताका बेला सिंगापुरको हवाई क्षेत्र बन्द गरिने भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच १२ जुनमा सिंगापुरमा वार्ता तय गरिएको छ। शिखर वार्ताका क्रममा सिंगापुरको हवाई क्षेत्रमा सबैखाले उडान बन्द गरिनेछ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओ र अमेरिकी संघीय उड्डयन प्रशासनले बुधबार यस्तो सूचना जारी गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

पासपोर्ट संकलन र ‘होल्ड’ गर्ने होटलसहितका अखडामा छापा मार्न सुरु


रविन्द्र घिमिरे
२४ जेठ, काठमाडौं । सरकारले विदेश पठाउने नाममा अवैध रुपमा पासपोर्ट संकलन गर्ने अखडाहरुमा छापा मार्न सुरु गरेको छ । युवाहरुलाई विदेश पठाउने नाममा होटल, लज, रेस्टुरेन्ट, ट्राभल एजेन्सी लगायतले पासपोर्ट संकलन गरेर राख्ने गरेका छन् । यस्ता केन्द्रहरु म्यानपावरले तोकिएकोभन्दा बढी पैसा अशुल्ने स्थानका रुपमा प्रयोग गरिरहेका छन् । उनीहरुले नै मिलेमतोमा एजेन्टका लाखभन्दा बढी शुल्क अशुल्ने र म्यानपावरबाट १० हजरको रसिद थमाउने गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेकपासँग तत्काल एकीकरण सम्भावना छैन : फोरम


काठमाडौँ — संघीय समाजवादी फोरम, नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग तत्काल एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा फोरम र नेकपाबीच पार्टी एकीकरण हुन लागेको समाचारहरु सार्वजनिक भए पनि फोरम अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले विज्ञप्ती जारी गर्दै तत्काल एकता सम्भव नभएको बताएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्