Daily Archives: 06/06/2018

लगानीकर्ताले गरे धितोपत्र बोर्ड घेराउ, आज पनि कारोबार ठप्प पार्ने


२३ जेठ, काठमाडौं । सरकारको पछिल्लो निर्णयमा अापत्ति जनाउँदै सेयरबजार लगानीकर्ताहरुले धितोपत्र बोर्डमा धर्ना दिएका छन् ।
लगानीकर्ताहरुले विभिन्न पुँजीबजार लगानीकर्ता संघको आयोजनामा धितोपत्र बोर्डको कार्यालय, जावलाखेलमा बुधबार बिहान १० बजेदेखि १०ः३० बजेसम्म धर्ना दिएका हुन् । धर्नाका लागि पुगेका संघका पदाधिकारी, सदस्य तथा लगानीकर्ताहरुलाई प्रहरीले मूलद्वारबाट प्रवेश गर्न रोकेको थियो । प्रहरीले अवरोध गरेपछि लगानीकर्ताहरुले गेटमै बसेर धर्ना दिए । पढ्नेक्रम जारी राख्नुहोस्

अझै बनेन संसद् नियमावली


गंगा बराल,
प्रतिनिधिसभा तथा नियमावली मस्यौदा समिति गठन भएको तीन महिना बितिसक्दा पनि प्रतिनिधिसभा तथा नियमावली मस्यौदाको टुड्डो लाग्न सकेको छैन। राजनीतिक दलहरूका आ–आफ्नै स्वार्थका कारण सो विषयमा निचोड निस्कन नसकेको हो। पुर्पक्षका लागि थुनामा रहेका सांसदको पद के हुने भन्ने विषय विवादित बनेकाले उक्त मस्यौदा प्रस्तुत हुन नसकेको हो। प्रतिनिधिसभाको दोस्रो दिनको बैठकले गत फागुन २२ गते १३ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको थियो। यस्तै राष्ट्रियसभामा पनि ९ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

२० वर्षे पुराना गाडी हटाउने निर्णय उल्ट्याउन चलखेल


२३ जेठ, काठमाडौं । २० वर्षे पुराना गाडी हटाउने निर्णय उल्टाउन चलखेल सुरु भएको छ । प्रदुषण बढ्नुका साथै सडक दुर्घटनाको प्रमुख कारक भएको भन्दै यातायात व्यवस्था विभागले गत फागुनमा २० वर्ष पुराना सार्वजनिक सवारी हटाउने निर्णय गरेको थियो । सरकारी तथ्यांकअनुसार यस्ता गाडी करिव १६ हजार छन् । जसमध्ये ३ सय पुराना गाडी स्क्र्याप गरिएको छ भने झण्डै ७ हजार गुड्नै नसक्ने अवस्थामा छन् । करिब ८ हजार पुराना सवारी भने फागुनसम्म सडकमा गुडिरहकै थिए । पढ्नेक्रम जारी राख्नुहोस्