कुवेतमा राजपरिवारको १७औं पुण्यतिथिमा चिरशान्तिको कामना गर्दै द्विप प्रज्वलन कार्यक्रम सम्पन


कुबेत नेपालडटकम

कुवेतमा स्वर्गारोहण राजपरिवारको १७औं पुण्यतिथिमा आत्माको चिरशान्तिको कामना गर्दै द्विप प्रज्वलन एवं स्मरण कार्यक्रम सम्पन्न भएको छ ।गत सुक्रवार दर्शन ठकुरी समाज कुवेतको आयोजनामा हवाली स्थित संस्थाका अध्यक्ष एल बि हमालको निवासमा एक कार्यक्रम गरी १७औं पुण्यतिथिमा स्वर्गारोहण राजपरिवारको आत्माको चिरशान्तिको कामना गर्दै द्विप प्रज्वलन एवं स्मरण  कार्यक्रम गरीएको हो  ।

समाजका अध्यक्ष एल बी हमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका संरक्षक , सल्लाहकार कार्यवाहक सदस्यहरु ,साधरण सदस्यहरु को उपस्थिति रहेको थियो ।

संस्थाका तिर्तिय उपाध्यक्ष माधब शाहीले औपचारिक रुपमा कार्यक्रम संचालन गरेका थिए ।कार्यक्रममा दिप प्रजलन गरी उपस्थित सबैले लाईनबद्द  रुपमा राजा बिरेन्द्रको परीवारको फोटोमा  फुल अबिर माल्यअर्पण गरीएको थियो  ।

दरबार हत्याकाण्ड भएको १७ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरवारभित्र भएको गोलीकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको बंश नै नाश हुने गरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो ।

हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएकोथियो । घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराजदीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन् ।

उक्त कार्यक्रमको दिन दर्शन ठकुरी समाज कुवेतको रिक्त पद पुर्ती समेत गरेको छ  । प्रथम उपाध्यक्ष -उदय राज मल्ल ,तृतीय उपाध्यक्ष -माधब शाही ,महासचिव -राज मल्ल , सचिब -गोभिन्द मल्ल निर्बिरोध चयन भएका छन् ।












Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.