Daily Archives: 03/06/2018

पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन


२० जेठ, काठमाडौं । पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । शाहीको ७६ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । शाहीको पारिवारिक स्रोतले आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको जनाएको छ । श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गाैला फेल भएर डाइलाइसिस् गर्दै आएका शाही अढाइ महिनाअघि अस्पताल भर्ना भएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

‘पण्डाल’मै मन्त्रीद्वारा एक करोड झ्वाम ! मोदीले पिसाव गरेको ट्वाइलेट चोरी


काठमाडौं, २० जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला मञ्च व्यवस्थापनको पैसामा फेरि एक पटक विवाद उत्पन्न भएको छ ।राजपा नेपालका महामन्त्री एवम् प्रदेश २ का मन्त्री जितेन्द्र सोनलले मञ्च व्यवस्थापनका लागि २ करोड खर्च भएको भन्दै पैसा निकासका लागि दवाव दिइरहेका छन् । तर, मञ्च व्यवस्थापनमा यति धेरै पैसा कसरी खर्च भयो भनेर सबै चकित परेका छन् । मञ्च व्यवस्थापनको जिम्मेवारी पाएका सोनलले मञ्च बनाउँदा करिव एक करोड ३५ लाख रुपियाँ अनियमितता गरेको आरोप लागेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

चीनले माग्यो आकर्षक विद्युत् आयोजना


विजय तिमल्सिना
काठमाडौँ — चीनले ठूला जलविद्युत् आयोजना र प्रसारण लाइन बनाइदिने भन्दै सरकारसँग प्रस्ताव माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा सम्झौताका लागि भन्दै चीनले सरकारसँग ठूला र आकर्षक जलविद्युत् र प्रसारण लाइन आयोजनाको सूची मागेको हो । प्रधानमन्त्री ओलीले सम्भवत: असार पहिलो साता चीन भ्रमण गर्दै छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा राजपरिवारको १७औं पुण्यतिथिमा चिरशान्तिको कामना गर्दै द्विप प्रज्वलन कार्यक्रम सम्पन


कुबेत नेपालडटकम

कुवेतमा स्वर्गारोहण राजपरिवारको १७औं पुण्यतिथिमा आत्माको चिरशान्तिको कामना गर्दै द्विप प्रज्वलन एवं स्मरण कार्यक्रम सम्पन्न भएको छ ।गत सुक्रवार दर्शन ठकुरी समाज कुवेतको आयोजनामा हवाली स्थित संस्थाका अध्यक्ष एल बि हमालको निवासमा एक कार्यक्रम गरी १७औं पुण्यतिथिमा स्वर्गारोहण राजपरिवारको आत्माको चिरशान्तिको कामना गर्दै द्विप प्रज्वलन एवं स्मरण  कार्यक्रम गरीएको हो  । पढ्नेक्रम जारी राख्नुहोस्