मन्त्रिपरिषदबाट पारित निर्देशिकामा के छ ?
१४ असार, काठमाडौं । रोजगारीको लागि विदेश गएका नेपालीहरु कुनै समस्यामा परेमा कानुनी लडाइँ सरकारले नै लडिदिने भएको छ । त्यससम्बन्धी निर्देशिका बिहीबारको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । ‘कानुनी प्रतिरक्षा निर्देशिका’ मन्त्रिपरिषद बैठकबाट पारित भएको सरकारका प्रवक्ता एवम् सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: जुन 2018
विदेशका अदालतमा नेपाली कामदारको पक्षमा सरकारले कानुनी प्रतिरक्षा गर्ने
Posted in नेपाल समाचार
धादिङमा पहिरो : पाँचको मृत्यु, पाँच जना घाइते
मलेखु, धादिङ, १४ असार । उत्तरी धादिङको खनियाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साइस्वाराँ र चिउरीखर्कमा गएराति पहिरो जाँदा दुई घरका पाँचजनाको ज्यान गएको छ । अबिरल वर्षाका कारण घरमाथिबाट पहिरो जाँदा सत्यदेवीको साइस्वाराँका राजु गोलेको घर पूर्णरुपमा क्षति पुगेको छ । घटनामा राजुकी श्रीमती ३६ वर्षीया बसोधा गुरुङ, छोरी १० वर्षीया लक्ष्मी गुरुङ र ५ वर्षीया सरस्वती गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं रामबहादुर केसीले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प
काठमाडौँ — बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सो धक्का २०७२ बैशाख १२ कै विनाशकारी भूकम्पकाे पराकम्प रहेको केन्द्रले बताएको छ । विगत केही दिन यता धादिङमा स-साना भूकम्पका धक्काहरु महसुस भइरहेको छ। मंगलबार पनि धादिङ केन्द्रविन्दु रहेर ३.८ रेक्टरको भूकम्प गएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
जर्मनीको इतिहासकै खराब प्रदर्शन: ८० वर्षपछि पहिलो चरणबाटै बाहिरियो
मस्को : विश्व विजेता जर्मनी रुस विश्वकपको पहिलो चरणबाटै बाहिरिएको छ। बुधबार भएको समूह चरणको अन्तिम खेलमा साविक विजेता जर्मनी दक्षिण कोरियाँसग २–० ले पराजित भएको हो। यो जर्मनीको इतिहासकै खराब प्रदर्शन हो। यसअघि जर्मनी सन् १९३८ मा विश्वकपको पहिलो चरणबाटै बाहिरिएको थियो। विश्व विजेता टोली पहिलो चरणबाटै बाहिरिएको इतिहास भने लगातार तेस्रो पटक दोहोरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
एनएसीले पहिलाेपटक भित्र्यायो वाइडबडी विमान
नयाँ विमानको नाम ‘अन्नपूर्ण’
१४ असार, काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी) ले पहिलाेपटक वाइडबडी विमान नेपाल भित्र्याएको छ । ‘ए ३३०–२००’ सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नयाँ विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नाइजेरियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
रसियामा जारी विश्वकप फुटबलको समूह डी तर्फको खेलमा अर्जेन्टिना नाइजेरियालाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रबेश गरेको छ । अर्जेन्टिनाका लागि खेलको १४ औँ मिनेटमा मेसीले र ७८ औँ मिनेटमा मार्काेसले गोल गरेपछि नाईजेरिया विरुद्ध विजेता बन्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद