Monthly Archives: मे 2018

अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतले जुन २९ तारिखमा अधिबेशन गर्ने


कुबेत नेपालडटकम

अन्तराष्ट्रिय कलाकार मन्च कुवेतको दोश्रो अधिवेशन २९ जुन शुक्रबारका दिन जिलिब स्थित पपिंस हलमा हुने भएको छ l पढ्नेक्रम जारी राख्नुहोस्

जिफन्ट सपोर्ट ग्रुप कुवेतले नेपाली श्रमिकलाई मुटुरोग विशेषज्ञद्धारा निशुल्क चेकजाँचको व्यबस्था मिलाउदै


कुबेत नेपालडटकम

जिफन्ट सपोर्ट ग्रुप कुवेतले कुवेतमा कार्यरत नेपाली श्रमिकहरुलाई कुवेतको अमिरी हस्पिटलको रिसर्च सेन्टरमा कार्यरत बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अंगदमणि श्रेष्ठबाट मुटु सम्बन्धि निशुल्क स्वास्थ्य चेकजाँच गराउने ब्यबस्था मिलाउने भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

उपेन्द्र यादवको बोल्ड निर्णयले रेडजोनमा राजपा, विवादास्पद लालबाबुलाई ग्रिन जोन


काठमाडौं, १३ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको निर्णयले राष्ट्रिय जनता पार्टी नेपालभित्र ठूलो भूकम्प उत्पन्न भएको छ । सरकारको नीति तथा कार्यक्रममा संघीय फोरमले दर्ता गराएको संशोधन प्रस्ताव अध्यक्ष यादवले फिर्ता लिएपछि प्रधानमन्त्री केपी ओलीसँग चिसिएको सम्बन्ध आइतबारदेखि सुध्रिएको छ । ओलीसँग यादवको सम्बन्ध सुध्रिएपछि राजपा नेपाल चिन्तामा डुबेको छ । अध्यक्ष यादवले बुधबार संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिस्ट पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । उता, प्रदेश २ मा पनि नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । राजनीतिक उथलपुथले राजपालाई संघीय फोरमले उछिनेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

३० खर्बको अर्थतन्त्र


अर्थमन्त्री खतिवडा भन्छन्– ‘आपूर्ति प्रणालीमा सुधार, ऊर्जाको उपलब्धता एवं व्यापार क्षेत्र विस्तार, निर्माण कार्यको गति र स्थिर सरकार गठनले वातावरण अनुकूल भई आर्थिक वृद्धिदरमा सुधार आएको हो’
कृष्ण आचार्य
काठमाडौँ — मुलुकको अर्थतन्त्रको आकार ३ खर्ब ६४ अर्ब रुपैयाँले बढेर यो वर्ष ३० खर्ब ७ अर्ब २४ करोड रुपैयाँ पुग्ने भएको छ । चालु आर्थिक वर्षको ८ महिनाको उपलब्ध तथ्यांक र बाँकी ४ महिनाको अनुमानका आधारमा अर्थतन्त्रको आकार ३० खर्ब नाघ्ने देखिएको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकमा आइतबार अर्थमन्त्री युवराज खतिवडाले पेस गरेको आर्थिक सर्वेक्षणअनुसार वर्तमान बजार मूल्यअनुसार साढे ३ खर्ब रुपैयाँभन्दा बढीले अर्थतन्त्रको आकार बढ्नेछ । गत वर्ष यो २६ खर्ब ४२ अर्ब ५९ करोड ५० लाख थियो । पढ्नेक्रम जारी राख्नुहोस्

धनगढीमा गोली हानी लुटियो साढे नौ लाख


दिलबहादुर छत्याल
धनगढी – धनगढी उपमहानगरपालिकामा अज्ञात समूहले गोली हानी साढे नौ लाख लुटेको छ। धनगढी २ चौराहका ४० वर्षीय निर्मल कार्कीमाथि अज्ञात समूहले गोली प्रहार गरी उनीसँग भएको साढे नौ लाख लुटेको हो । ग्लोबल आइएमीका कर्मचारी समेत रहेका कार्कीले सिद्धार्थ बैंकबाट ग्लोबल आइएमीका लागि पैसा लैजाने क्रममा मोटरसाइकलमा आएका दुई जना नकावधारीले उनलाई गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएका उनको साथमा रहेको उक्त रकम नकावधारीहरूले खोसेर लगेको उनले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

१०० दिनको रोजगारी ग्यारेन्टी गर्दै सरकार, काम दिन नसके तलब दिने योजना


रविन्द्र घिमिरे
१३ जेठ, काठमाडौं । सरकारले आगामी वर्षको बजेटमार्फत इतिहासमै पहिलोपटक बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी दिन सुरु गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत विपन्न बेरोजगार नागरिकलाई कम्तिमा एक सय दिनको रोजगारको ग्यारेन्टी गर्ने तयारी गरेको हो । यो कार्यक्रम पहिलो वर्ष प्रदेश ६ र ७ का विपन्न वर्गका नागरिकबाट सुरु गर्ने योजना बनाइएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

काँग्रेस कलह : पौडेल समूह गल्दै, शक्तिशाली बन्दै देउवा


काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले उग्ररुप लिइरहेको छ । सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विभिन्न अड्चन र बाधाव्यवधानहरू दिइरहेको छ । पौडेल समूह आफैमा पनि एकजुट हुन सकेको छैन । यसको फाइदा देउवा समूहले लिइरहेको छ । वरिष्ठ नेता पौडेलले निर्वाचनमा भएको हारको जिम्मेवारी सभापति देउवाले लिनुपर्ने र अर्ली महाधिवेशन गर्नुपर्ने माग जोडतोडले राख्दै आएका छन् । तर, पौडेलले यो मागलाई उठाए पनि देउवाले हारको जिम्मेवारी लिनुपर्ने विषय भने मत्थर बनाउँदै लगेका छन् । यसबाट देउवा समूहलाई राहत मिलेको छ । देउवा पनि पौडेल समूहलाई विभाजन र थकाएर जाने पक्षमा रहेको एक नेताले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

धरहरा परिसरका संरचना भत्काइयो


ईश्वरराज ढकाल,
काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीको सहयोगमा धरहरा क्षेत्रका व्यापारिक संरचना भत्काएको छ। कामपाले यही जेठ ११ गते शुक्रबार २४ घण्टे सूचना जारी गरेलगत्तै शनिबार सो संरचना भत्काएको हो। यही शुक्रबार बसेको नगर कार्यपालिकाको निर्णयबमोजिम धरहरा परिसरमा रहेका रेस्टुरेन्टसहित २० वटा पसल र केही टहराजस्ता भौतिक संरचना भत्काइएको हो। पढ्नेक्रम जारी राख्नुहोस्