१७ जेठ, बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् । उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 31/05/2018
सुन काण्डका फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण
Posted in अपराध समाचार
ओलीको चीन भ्रमणको टुंगो लाग्यो, असार पहिलो साता बेइजिङ जाने
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी ओली असार पाँच गते चीन भ्रमणमा जाने भएका छ । ओली चीनमा पाँच दिन रहनेछन् ।
असार ५ गतेदेखि १० गतेसम्म हुने भ्रमणको तालिका मिलाएर चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल बेइजिङ प्रस्थान गरिसकेका छन् । सरकारले ओलीको चीन भ्रमण कार्यक्रमलार्इ गोप्य राखेको छ । ओलीको चीन भ्रमणको कार्यक्रमको टुंगो दुवै देशले बुधबार फाइनल गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
ट्रयापमा परें : अर्थमन्त्री
सांसदलाई बजेट
कृष्ण आचार्य
काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले विवादास्पद ‘निर्वाचन क्षेत्र विकास’ सँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिन आफू बाध्य भएको बताएका छन् । ‘नखाऊँ भने केको सिकार, खाऊँ भने केको अनुहारजस्तै भयो,’ बजेट’bout बुधबार पत्रकार सम्मेलनमा उनले भने । संसद् बाहिरको जनमत विरोधमा भए पनि संसद्भित्र राजनीतिक सहमति भएकाले बाध्यतामा परेको उनको भनाइ थियो । ‘संसद्बबाहिर यो दिनै हुँदैन भन्ने थियो, तर संसद्भभित्र राजनीतिक सहमतिमा नभई हुँदैन भन्ने थियो,’ उनले भने, ‘म हालको अवस्थामा दुवैको प्रतिनिधित्व गर्ने भएँ, बीचको बाटो रोजें ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र