आखिर किन बढेन बृद्धभत्ता ?


काठमाडौँ, १५ जेठ । सरकारले बृद्धभत्ता बढाउने आशमा बसेका बृद्धभत्ताहरुलाई निराशा बनाएको छ । आगामी आर्थिक बर्षबाट मासिक पाँच हजार रुपैँया बृद्धभत्ता पाउने आशमा बसेका बृद्धबृद्धाहरुलाई यो बजेटले खुसी ल्याउन सकेन । अहिले जेष्ठ नागरिकहरुले मासिक २ हजार रुपैँया बृद्ध भत्ता पाउँदै आएका छन् । तत्कालिन एमाले र माओवादीले गएको चुनावमा बृद्धभत्तालाई पाँच हजार रुपैँया पुर्याउने घोषणा गरेका थिए । तर, चुनावका बेला गरिएको त्यो घोषणा मंगलबारबाट आश्वासनमा मात्रै सीमित भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडा बृद्धभत्ताप्रति अनुदार बनेका कारण बृद्धभत्ता बढ्न नसकेको स्रोतको दाबी छ । बृद्धभत्ताका कारण राज्यलाई निकै ठूलो भार पर्ने भन्दै उनले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाललाई कन्भिन्स गराएको स्रोतले बतायो ।

बृद्धभत्ता बढाउनुको सट्टा सरकारले ७० बर्ष नाघेका जेष्ठ नागरिकलाई १ लाख रुपैँयाको जीवन बिमा गरिदिने घोषणा गरेको छ ।
(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )