Daily Archives: 30/05/2018

आखिर किन बढेन बृद्धभत्ता ?


काठमाडौँ, १५ जेठ । सरकारले बृद्धभत्ता बढाउने आशमा बसेका बृद्धभत्ताहरुलाई निराशा बनाएको छ । आगामी आर्थिक बर्षबाट मासिक पाँच हजार रुपैँया बृद्धभत्ता पाउने आशमा बसेका बृद्धबृद्धाहरुलाई यो बजेटले खुसी ल्याउन सकेन । अहिले जेष्ठ नागरिकहरुले मासिक २ हजार रुपैँया बृद्ध भत्ता पाउँदै आएका छन् । तत्कालिन एमाले र माओवादीले गएको चुनावमा बृद्धभत्तालाई पाँच हजार रुपैँया पुर्याउने घोषणा गरेका थिए । तर, चुनावका बेला गरिएको त्यो घोषणा मंगलबारबाट आश्वासनमा मात्रै सीमित भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

बजेटमा कांग्रेसको प्रतिक्रियाः हात्ती आयो हात्ती आयो फुस्सा !


प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेटलाई हात्ती आयो हात्ती आयो फुस्सा भएको दावी गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निति तथा कार्यक्रम र घोषणा प्रत्रमा उल्लेख भएका कुरा बजेटमा नआउने दुःखद भएको बताउँनुभएको छ । बजेट र निति तथा कार्यक्रम बीच तादम्यता नभएको बताउनुभएको छ ।

१३ खर्ब १५ अर्बको बजेट: वित्तीय अनुशासनको प्रयास


गोकर्ण अवस्थी
काठमाडौँ — चुनावी घोषणापत्र र आम अपेक्षाविपरीत अर्थमन्त्री युवराज खतिवडाले कम महत्त्वाकांक्षी बजेट सार्वजनिक गरेका छन् ।सांसदलाई सिधै रकम दिने विगतको विवादास्पद कार्यक्रमलाई केही कडाइ गरेर निरन्तरता दिइए पनि अन्य क्षेत्रमा वित्तीय अनुशासन कायम राख्न खोजिएको छ । आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँ खर्च गर्ने योजना सरकारको छ । ८ खर्ब ४५ अर्ब चालु र ३ खर्ब १३ अर्ब पुँजीगत खर्च छ । वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । ८ खर्ब ३१ अर्ब राजस्वबाट आउने अपेक्षा सरकारको छ । २ खर्ब ५३ अर्ब वैदेशिक ऋण, ५८ अर्ब वैदेशिक अनुदान पाइने अनुमान छ । पढ्नेक्रम जारी राख्नुहोस्