उपेन्द्र यादवको बोल्ड निर्णयले रेडजोनमा राजपा, विवादास्पद लालबाबुलाई ग्रिन जोन


काठमाडौं, १३ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको निर्णयले राष्ट्रिय जनता पार्टी नेपालभित्र ठूलो भूकम्प उत्पन्न भएको छ । सरकारको नीति तथा कार्यक्रममा संघीय फोरमले दर्ता गराएको संशोधन प्रस्ताव अध्यक्ष यादवले फिर्ता लिएपछि प्रधानमन्त्री केपी ओलीसँग चिसिएको सम्बन्ध आइतबारदेखि सुध्रिएको छ । ओलीसँग यादवको सम्बन्ध सुध्रिएपछि राजपा नेपाल चिन्तामा डुबेको छ । अध्यक्ष यादवले बुधबार संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिस्ट पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । उता, प्रदेश २ मा पनि नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । राजनीतिक उथलपुथले राजपालाई संघीय फोरमले उछिनेको छ ।

भेटपछि अध्यक्ष यादवले संशोधन प्रस्ताव फिर्ता लिएका हुन् । प्रस्ताव फिर्ता हुनेवित्तिकै प्रदेश २ को सरकारमा पनि नेकपाले स्थान पाउने पक्का भएको छ । यादवको कुटिल कुटनीति र राजनीतिले प्रदेश २ बाट राजपा नेपालको बहिर्गमन अनिवार्य जस्तै भएको छ । यादवको निर्णयले राजपाका नेताहरू चिन्तामा डुबेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रधानमन्त्री ओलीबीच खटपट भएको थियो ।

मुख्यमन्त्री राउतले नेपालको आन्तरिक विषय मोदीको नागरिक अभिनन्दनका बेला सुनाएपछि ओली रिसाएका थिए ।

संघीय फोरमका अध्यक्ष यादवले ओलीसँग बिग्रिएको सम्बन्धलाई सुधारेका छन् । यादवले केन्द्रीय सरकारमा जाने बाटो पनि क्लियर बनाएका छन् । स्रोतका अनुसार अध्यक्ष यादवले दुई मन्त्रालयसहित छिट्टै ओली सरकारमा सपथ लिने स्रोतको भनाइ छ ।

प्रदेश २ को सरकारबाट राजपा नेपाल बाहिरिने पक्का रहेको एक नेताले बताए । ‘प्रदेश २ को सरकारलाई दिएको समर्थन नेकपाले आइतबार फिर्ता लिएर प्रमुख विपक्षी दल बन्न पुगेको छ’, ती नेताले भने, ‘यो भनेको राजपालाई प्रदेश २ को सरकारबाट भित्तामा पु-याउने तयारी हो । राजपा सत्ताभन्दा बाहिर पुग्ने अवस्था सिर्जना भयो । हेर्दै जानुस् केही दिनपछि नेकपा र संघीय फोरमको सरकार बन्छ । मुख्यमन्त्री लालबाबु राउतको पनि इज्जत जोगिन्छ ।’(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.