Daily Archives: 28/05/2018

उपेन्द्र यादवको बोल्ड निर्णयले रेडजोनमा राजपा, विवादास्पद लालबाबुलाई ग्रिन जोन


काठमाडौं, १३ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको निर्णयले राष्ट्रिय जनता पार्टी नेपालभित्र ठूलो भूकम्प उत्पन्न भएको छ । सरकारको नीति तथा कार्यक्रममा संघीय फोरमले दर्ता गराएको संशोधन प्रस्ताव अध्यक्ष यादवले फिर्ता लिएपछि प्रधानमन्त्री केपी ओलीसँग चिसिएको सम्बन्ध आइतबारदेखि सुध्रिएको छ । ओलीसँग यादवको सम्बन्ध सुध्रिएपछि राजपा नेपाल चिन्तामा डुबेको छ । अध्यक्ष यादवले बुधबार संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिस्ट पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । उता, प्रदेश २ मा पनि नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । राजनीतिक उथलपुथले राजपालाई संघीय फोरमले उछिनेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

३० खर्बको अर्थतन्त्र


अर्थमन्त्री खतिवडा भन्छन्– ‘आपूर्ति प्रणालीमा सुधार, ऊर्जाको उपलब्धता एवं व्यापार क्षेत्र विस्तार, निर्माण कार्यको गति र स्थिर सरकार गठनले वातावरण अनुकूल भई आर्थिक वृद्धिदरमा सुधार आएको हो’
कृष्ण आचार्य
काठमाडौँ — मुलुकको अर्थतन्त्रको आकार ३ खर्ब ६४ अर्ब रुपैयाँले बढेर यो वर्ष ३० खर्ब ७ अर्ब २४ करोड रुपैयाँ पुग्ने भएको छ । चालु आर्थिक वर्षको ८ महिनाको उपलब्ध तथ्यांक र बाँकी ४ महिनाको अनुमानका आधारमा अर्थतन्त्रको आकार ३० खर्ब नाघ्ने देखिएको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकमा आइतबार अर्थमन्त्री युवराज खतिवडाले पेस गरेको आर्थिक सर्वेक्षणअनुसार वर्तमान बजार मूल्यअनुसार साढे ३ खर्ब रुपैयाँभन्दा बढीले अर्थतन्त्रको आकार बढ्नेछ । गत वर्ष यो २६ खर्ब ४२ अर्ब ५९ करोड ५० लाख थियो । पढ्नेक्रम जारी राख्नुहोस्