दिलबहादुर छत्याल
धनगढी – धनगढी उपमहानगरपालिकामा अज्ञात समूहले गोली हानी साढे नौ लाख लुटेको छ। धनगढी २ चौराहका ४० वर्षीय निर्मल कार्कीमाथि अज्ञात समूहले गोली प्रहार गरी उनीसँग भएको साढे नौ लाख लुटेको हो । ग्लोबल आइएमीका कर्मचारी समेत रहेका कार्कीले सिद्धार्थ बैंकबाट ग्लोबल आइएमीका लागि पैसा लैजाने क्रममा मोटरसाइकलमा आएका दुई जना नकावधारीले उनलाई गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएका उनको साथमा रहेको उक्त रकम नकावधारीहरूले खोसेर लगेको उनले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 27/05/2018
धनगढीमा गोली हानी लुटियो साढे नौ लाख
Posted in अपराध समाचार
१०० दिनको रोजगारी ग्यारेन्टी गर्दै सरकार, काम दिन नसके तलब दिने योजना
रविन्द्र घिमिरे
१३ जेठ, काठमाडौं । सरकारले आगामी वर्षको बजेटमार्फत इतिहासमै पहिलोपटक बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी दिन सुरु गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत विपन्न बेरोजगार नागरिकलाई कम्तिमा एक सय दिनको रोजगारको ग्यारेन्टी गर्ने तयारी गरेको हो । यो कार्यक्रम पहिलो वर्ष प्रदेश ६ र ७ का विपन्न वर्गका नागरिकबाट सुरु गर्ने योजना बनाइएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
काँग्रेस कलह : पौडेल समूह गल्दै, शक्तिशाली बन्दै देउवा
काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले उग्ररुप लिइरहेको छ । सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विभिन्न अड्चन र बाधाव्यवधानहरू दिइरहेको छ । पौडेल समूह आफैमा पनि एकजुट हुन सकेको छैन । यसको फाइदा देउवा समूहले लिइरहेको छ । वरिष्ठ नेता पौडेलले निर्वाचनमा भएको हारको जिम्मेवारी सभापति देउवाले लिनुपर्ने र अर्ली महाधिवेशन गर्नुपर्ने माग जोडतोडले राख्दै आएका छन् । तर, पौडेलले यो मागलाई उठाए पनि देउवाले हारको जिम्मेवारी लिनुपर्ने विषय भने मत्थर बनाउँदै लगेका छन् । यसबाट देउवा समूहलाई राहत मिलेको छ । देउवा पनि पौडेल समूहलाई विभाजन र थकाएर जाने पक्षमा रहेको एक नेताले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
धरहरा परिसरका संरचना भत्काइयो
ईश्वरराज ढकाल,
काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीको सहयोगमा धरहरा क्षेत्रका व्यापारिक संरचना भत्काएको छ। कामपाले यही जेठ ११ गते शुक्रबार २४ घण्टे सूचना जारी गरेलगत्तै शनिबार सो संरचना भत्काएको हो। यही शुक्रबार बसेको नगर कार्यपालिकाको निर्णयबमोजिम धरहरा परिसरमा रहेका रेस्टुरेन्टसहित २० वटा पसल र केही टहराजस्ता भौतिक संरचना भत्काइएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार