किशोर बुढाथोकी
विराटनगर ः सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्याका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीले प्रहरी हिरासतमै सुरक्षा मागेका छन्। हिरासतभित्र आफू असुरक्षित रहेको भन्दै उपयुक्त सुरक्षा व्यवस्था मिलाइनुपर्ने माग उनले गरेका हुन्। मंगलबार पक्राउ परेका गोरे जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा छन्। जिल्ला अदालत मोरङमा बयानका लागि बुधबार उपस्थित गराइएका उनले मानव अधिकारकर्मीको निगरानीमा आफू हिरासतमा बस्न पाउनुपर्ने बताए। अनुसन्धानका नाममा आफूलाई विभिन्न किसिमका यातना दिन थालिएको सुनाउँदै उनले सुरक्षित रहन मानवअधिकारकर्मीको निगरानीमा हिरासतमा बस्न पाउनुपर्ने माग गरेको अदालत स्रोतले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 24/05/2018
गोरेले मागे हिरासतम सुरक्षा
Posted in अपराध समाचार
२१ औँ शताब्दीका मार्क्सले के भन्छन् भन्नेमा ध्यान दिउँ : बाबुराम
काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा. बाबुराम भट्टराईले २१ औँ शताब्दीको आवश्यकता अनुसार विकासको नीति अगाल्नुपर्ने बताएका छन्। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भट्टराईले परम्परागत विचारमा अडिएर अहिलेको आवश्यकताअनुसारको विकास गर्न नसकिने बताएका हुन्।
‘नेपालको विकासको बाटो २१ औँ शताब्दीको आँखाबाट हेर्नुपर्छ। आज मार्क्स बाँचेको भए के भन्थे भन्नेमा ध्यान दिउँ’, उनले भने, ‘१९ औँ शताब्दीका मार्क्सले के भनेका थिए भन्नेमा होइन, २१ औँ शताब्दीका मार्क्सले के भन्छन् ध्यान दिउँ।’ उनले युरोपमा क्याथोलिक चर्चमा गरिएको सुधारपछिमात्र त्यहाँको विकासले गति लिएको उदाहरण दिँदै भट्टराईले नेपालमा पनि परम्परागत सोचमाथि सुधार नगरीकन विकास हुन नसक्ने बताए। त्यसका लागि जातपातको व्यवस्थालाई जरैदेखि उखेल्नुपर्ने भट्टराईको भनाई छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार