मुख्यमन्त्रीको कुर्सी हल्लिएपछि नरम भए राउत


काठमाडौं, ९ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला आन्तरिक मामिलाको विषय सार्वजनिक रुपमा उठाएपछि विवादमा तानिएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो अभिव्यक्तिमा नरमपना ल्याएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रममा बुधबार बिहान कुरा गर्दै मुख्यमन्त्री राउतले मोदीको भ्रमणमा दिएको अभिव्यक्तिलाई मिडियाले अनावश्यक रुपमा विवादित बनाइदिएको आरोप लगाए ।

‘संविधान संशोधनको विषय मैले सधै बोल्दै आएको कुरा हो’, उनले भने, ‘मोदीको भ्रमणमा बोलेर के विगारे ? तर, मिडियाहरूले मलाई अनावश्यक रुपमा विवादमा तानिदियो ।’ अमेरिका भ्रमणमा जान नपाएको विषयमा मुख्यमन्त्री राउतले भने, ‘अमेरिकामा बस्ने मधेसीहरूको कार्यक्रममा जान नदिएर सरकारले अन्याय गरेको छ ।’ विखण्डनकारीको कार्यक्रममा जान लागेको भनेर मिडियाहरूले आफूलाई विवादमा तानेको मुख्यमन्त्री राउतको आरोप छ ।

प्रधानमन्त्री केपी ओलीप्रति नरम देखिएका मुख्यमन्त्री राउतले संघीय सरकारको निर्देशनमा प्रदेशमा काम गरिने बताए । ओलीविरुद्ध सधै कडा अभिव्यक्ति दिने गरेका राउतले आजको कार्यक्रममा भने नरम भएर बोलेका थिए ।

त्यति मात्रै होइन हिन्दी भाषामा बोल्नुपर्ने आफ्नो बाध्यता रहेको राउतले बताएका छन् । ‘मोदीको नागरिक अभिनन्दनमा नेपालीमा बोल्दा कस्तो भयो देख्नु भएन ?’, रक्षामन्त्री ईश्वर पोखरेलप्रति संकेत गर्दै राउतले भने, ‘ हिन्दी भाषामा बोल्नु मेरो आफ्नै बाध्यता छन् ।’ नागरिक अभिनन्दनका बेला पोखरेलले नेपालीमा बोल्दा होहल्ला गरेर बीचमै भाषण छोट्याउनुपर्ने अवस्था भएको थियो ।

प्रदेश २ का मुख्यमन्त्री राउतले संविधान, कानून र आफ्नो मर्यादा विपरितका क्रियाकलाप गर्न थालेपछि प्रधानमन्त्री ओलीले संसदमा असन्तुष्टि नै जनाएका थिए ।

त्यति मात्रै होइन राउतको व्यवहारमा सुधार नभएको भन्दै प्रदेश २ को सरकारलाई दिएको समर्थन नेपाल कम्युनिस्ट पार्टीले फिर्ता लिने ’boutमा समेत विचार गर्न लागेको भनेर समाचार बाहिरिएका छन् ।

मुख्यमन्त्री पदको कुर्सीमा संकट पर्न लागेको देखेर राउतले आफूलाई नरम बनाउँदै लगेको एक नेताले बताएका छन् ।(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.