बसन्त थापा,कुबेत
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) कुवेतको दोश्रो अधिवेशन यही मे महीनाको २५ तारिक शुक्रवारको दिन कुवेतको सिटी स्थित जिलिबको पपिन हलमा सम्पन्न हुने भएको छ।
अहिले आवस्यक कामको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएको छ।बैदेशिक रोजगारका क्रममा जति ठूलो संख्यामा नेपाली श्रमिक विदेशमा छन्, उनीहरुले भोग्दै आएको समस्याको चाङ पनि उत्तिकै ठूलो छ । न्यूनतम मानवअधिकार र सामाजिक सुरक्षा नभएका मुलुकहरुमा कार्यरत नेपाली श्रमिकले कष्टपूर्वक श्रम गरिरहेका छन् ।
कतिपय मुलुकमा नेपाली दुतावास समेत छैनन् भनें दुतावास भएका देशहरुमा समेत न्यून संख्याका कर्मचारी सहितको सेवा पर्याप्त छैन । त्यसैले समस्यामा परेर घरफिर्ति वा क्षतिपूर्ति प्राप्ती लगायतमा नेपाली श्रमिकले समस्या भोग्नु परिरहेको ले यो अवस्थामा नेपाल ट्रेड यूनियन महासंघ
(जिफन्ट) कुवेतले बैदेशिक रोजगारीका क्रममा कुवेतमा ठगिमा परेका तथा बिभिन्न किसिमका समस्यामा फसेका नेपाली हरूलाई उद्धार गर्दै आएको जिफन्ट सपोर्ट ग्रुप कुवेतका महासचिव गणेश रावतले तीतोपाटी डट कम लाई बताएका छन ।
त्यसै गरी कुवेतमा क्रियाशील नेपाली संघ-संस्थाका पधाधिकारीहरु,पत्रकार, समाजसेवी, बुद्दिजिबी, नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागि नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) कुवेतले हार्दिक अनुरोध गरेको छ।
कार्यक्रमको ’boutमा जानकारी यस प्रकार रहेको छ
स्थान :पपिन हल जिलिब
मिति: २५ शुक्रबार
समय मध्याह्न १२ बजे देखी