Daily Archives: 23/05/2018

जिफन्ट कुवेतको दोश्रो अधिवेशनको लागि सम्पूर्ण तयारी पुरा


बसन्त थापा,कुबेत

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) कुवेतको दोश्रो अधिवेशन यही मे महीनाको २५ तारिक शुक्रवारको दिन कुवेतको सिटी स्थित जिलिबको पपिन हलमा सम्पन्न हुने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

प्रचण्ड–ओली उडान : स्विजरल्यान्ड कि सुडान ?


हरिप्रसाद शर्मा
दुुवै पाइलटबाट जेट उडानको गतिमा नेपाललाई सुुडान होइन स्विजरल्यान्ड बनाऔं
१७ असोज २०७४ मा औपचारिक रूपमा सुुरु भएको दुई ठूला कम्युनिस्ट पार्टीको एकता अभियानले ३ जेठ २०७५ मा नेपाल कम्युुनिस्ट पार्टीको रूपमा निर्वाचन आयोगमा दर्ता भएपछि सार्थकता पाएको छ। शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट हिँडेको एमाले र सशस्त्र संघर्ष हुुँदै प्रतिस्पर्धात्मक राजनीतिमा आएको माओवादी एकीकृत हुुँदै गर्दा राजनीतिक धुु्रवीकरणसँगै बढी अवसरका साथै केही चुुनौती पनि सिर्जना हुुनसक्ने आकलन गरिँदैछ। पढ्नेक्रम जारी राख्नुहोस्

मुख्यमन्त्रीको कुर्सी हल्लिएपछि नरम भए राउत


काठमाडौं, ९ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला आन्तरिक मामिलाको विषय सार्वजनिक रुपमा उठाएपछि विवादमा तानिएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो अभिव्यक्तिमा नरमपना ल्याएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रममा बुधबार बिहान कुरा गर्दै मुख्यमन्त्री राउतले मोदीको भ्रमणमा दिएको अभिव्यक्तिलाई मिडियाले अनावश्यक रुपमा विवादित बनाइदिएको आरोप लगाए । पढ्नेक्रम जारी राख्नुहोस्

एक दशकपछि हट्यो भारतीय क्याम्प


भारतले विराटनगरमा सञ्चालन गरेको आफ्नो अस्थायी क्याम्प हटाएको छ। २०६५मा कोशी बाँध फुटेपछि बाँध पुनर्निर्माणका लागि काठमाडौंस्थित भारतीय दूतावासको पहलमा क्याम्प स्थापना गरिएको थियो। एक वर्षभित्रैमा बाँध पुनः निर्माण भए पनि भारतले आफ्नो कार्यालय नियमितरूपमा सञ्चालन गर्दै आएको थियो। क्याम्प हटाउन नेपालले पटक–पटक कूटनीतिक पहल गरे पनि भारतले गम्भीरतापूर्वक लिएको थिएन। क्याम्प स्थापना भएको करिब १० वर्षपछि सो कार्यालयको उद्देश्य पूरा भएकाले बन्द गरिएको र त्यहाँका कर्मचारीलाई अन्यत्र सरुवा गरिएको भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत प्रस्ट्याएको छ। क्याम्प स्थापनाको उद्देश्य पूरा भएकाले हटाइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

ठूलो अवसर पाएँः सन्दीप


काठमाडौँ — ‘मेरो लागि आईपीएल अविस्मरणीय यात्रा थियो । रमाइलो पनि भयो । धेरै सिक्ने अवसर पाएँ, सिक्ने अवसर पनि थियो । अझै सिक्न बाँकी छ । ठूलो अवसर पाएको थिएँ, त्यसलाई सदुपयोग गरेंजस्तो लाग्छ । मेरा लागि नेपाललाई चिनाउने धेरै राम्रो मौका थियो । आउँदो वर्षमा अरु सबै नेपाली खेलाडीलाई पनि देख्न पाउँ,’ इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सबाट खेल्दै मंगलबार काठमाडौं फर्किएका सन्दीप लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने । पढ्नेक्रम जारी राख्नुहोस्